राष्ट्रपति निकोलासमाथि ड्रोन हमला

बिबिसी : भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले कराकसमा एउटा कार्यक्रममा टेलिभिजनमार्फत प्रत्यक्ष सम्बोधन गरिरहँदा ड्रोन विस्फोट भएको छ । विस्फोटमा उनलाई कुनै चोटपटक नलागे पनि सातजना सैनिक घाइते भएका छन् । सञ्चारमन्त्री होर्खे रोड्रिगुएजले राष्ट्रपतिको ज्यान लिने उद्देश्यका साथ विस्फोट गराइएको बताएका छन् ।

खुला मैदानमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति मडुरोले भाषण गरिरहँदा उनीसहित कार्यक्रममा सहभागी अरूले अचानक माथि हेरे र उनीहरू तर्सिए । त्यसपछि टेलिभिजन प्रसारणमा आवाज बन्द भयो । टेलिभिजनको प्रसारण बन्द हुनुअघि दर्जनौँ सैनिकहरू भागिरहेको दृश्य देखिएको थियो ।

पछि भेनेजुएलाको एनटीएन २४ टीभी च्यानलले भिडिओ फूटेज पोस्ट गरेको थियो जसमा राष्ट्रपति मडुरोको आवाज काटिएको र झ्यार्र आवाज आएको थियो।सञ्चारमन्त्री रोड्रिगुएजका अनुसार सेनाको ८१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति सहभागी थिए ।

सञ्चारमन्त्री रोड्रिगुएजले विपक्षी दक्षिणपन्थीहरूले आक्रमण गराएको आरोप लगाएका छन् ।

२०७५ साउन २० गते अपरान्ह ५:  १४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :