जाजरकोटमा पहिरोमा परी ९ को मृत्यु


जाजरकोट : शनिबार रातिदेखि अविरल वर्षासँगै आएको पहिरोले जाजरकोटको सदरमुकाम खलंगा नजिक पहिरो गएर मृत्यु हुनेको संख्या ९ पुगेको छ । पहिरोमा परी मृत्यु हुनेमा ८ जना बालबालिका र १ महिला रहेकी छन् ।

जाजरकोटको सदरमुकामस्थित भेरी नगरपालिका ३ ठाँटीबजार नजिकै पहिरो गएको हो । पहिरोमा परी क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका जिल्ला अध्यक्ष तिर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको हो ।

पहिरोमा परी पत्रकार बोहराकी ५ बर्षिय छोरी नजिता बोहरासहित १३ वर्षीय नरेन्द्र परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार, ११ नविन परियार, ३ वर्षीया मनिषा विक, २५ वर्षीया सितला लोहार, उनकी छोरीहरू ९ वर्षीया भगवती विक र ६ वर्षीया रञ्जना विकको मृत्यु भएको छ ।

पत्रकार बोहोरा र ३१ वर्षीय लालबहादुर बोहराको भने जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
२०७५ साउन २० गते दिउँसो ३ : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :