सुकुम्बासी सङ्घ कैलालीको प्रथम जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा चौधरी

  

महेश पातली / कैलाली :  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी सङ्घ कैलालीको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सन्जु चौधरीको अध्यक्षमा २७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा हर्क देबा, सचिवमा धाबहादु बिक, सहसचिवमा सर्जन शाही, कोषध्यक्षमा सम्भु शाही रहेका छन् । सदस्यमा लोकेन्द्र शाही, पूर्ण खड्का, अमर भयडारी, प्रकाश चौधरी, नरबहादुर धामी, आशाराम चौधरी, लौहन चौधरी, हरीप्रसाद चौधरी, लिला विसी, जैसिंह सुनार, नन्दा विक, चन्दु परियार, कमल विरही विक, सल्मा चौधरी, महनराज, मुन्नी चौधरी, शिव प्रसाद चौधरी, दिनेश सिंह, धनबहादुर रावल रहेका छन् ।
प्रथम जिल्ला सम्मेलन उद्घाटन हुनुपूर्व हजारौँ जनताको सहभागितामा र्याली निकालिएको थियो । कार्यक्रमको अतिथिमा अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी रहेका थिए । त्यस्तै अन्य अतिथिमा नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरो सदस्य विवेक कुमाल, अखिल (क्रान्तिकारी) कैलालीका अध्यक्ष बबरजङ्ग सिंह सहभागि भएका थिए । कार्यक्रमको अध्यक्षता निवर्तमान अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ कैलालीका अध्यक्ष रहेका थिए । कार्यक्रममा नवनिर्वाचित कार्यसमितिकी अध्यक्ष सत्तजु चौधरीले भूमिहीन सुकुम्बासीको पक्षमा निरन्तर लड्ने प्रतिबद्धता गरेकी थिईन् ।

२०७५ साउन १७ गते बिहीबार बेलुका १० ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :