प्रगतिशील विवाह सम्पन्न

 

काठमाडौँ : पुरातनवादी संस्कृतिलाई चुनौती दिँदै काठमाडौँमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज मोहलाल चन्द ‘आधार’, पार्टी केन्द्रीय सदस्य तथा अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दकी छोरी प्रज्ञा चन्द तथा ऋषिराम थापा र सीता उपाध्यायका छोरा मौसम थापाबीच बुधबार प्रगतिशील विवाह सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ ले नवविवाहित जोडीलाई सफल जीवनको शुभकामना दिँदै भन्नुभयो, ‘यो प्रगतिशील विवाहले परम्परागत, रूढिवादी, भद्दा र भड्किलो विवाह गर्ने परम्परा तोड्न र क्रान्तिकारी आन्दोलनलाई सहयोग पु¥याउँछ ।’

जनयुद्धकालमा प्रगतिशील विवाहको प्रचलन निंकै लोकप्रिय मानिन्थ्यो । पछिल्लो समयमा केही सुस्त देखिए पनि हाल आएर फेरि प्रगतिशील विवाहको प्रचलन बढेको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य मकर गुरुङ, खुमा सुवेदीलगायत सहभागी हुनुहुन्थ्यो । सञ्चालन अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाले गरेका थिए ।

२०७५ साउन १६ गते बुधबार अपराह्न ५ : २५मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :