नेकपाका द्वय पोलिट ब्युरो सदस्य काभ्रेमा

 
काभ्रे : बिहीबार पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका दुई जना नेतालाई प्रहरीले काभ्रेमा सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख तथा एसपी रविराज खड्काले पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ हुनेहरुमा नेकपाका पोलिट ब्युरो सदस्य कृष्ण धमला (गम्भीर) र मोहन कार्की (जिवन्त) रहेका छन् । दुबैजनालाई प्रहरीले झुट्ठा मुद्दामा फसाउन लागेको बताइएको छ । गम्भीर र जिवन्तलाई साउन १० गते नै पक्राउ गरेर बालाजु प्रहरी चौकीमा राखिएको थियो । उनीहरुलाई काठमाडौं उपत्यका आउदै गरेको बेला थानकोटबाट प्रहरीले पक्राउ गरेको थियो । नेकपाका एक नेताले आफ्नो पार्टीका दुई पोलिटब्युरो सदस्यलाई प्रहरीले अपहरण शैलीमा पक्राउ गरि बेपत्ता बनाएको आरोप लगाएका थिए । उनीहरुको अवस्थाबारे प्रशासनले कुनै जानकारी नै नगराएको भन्दै बिनाकारण आस्थाकै आधारमा पक्राउ गरिएका दुई नेतालाई अबिलम्ब रिहाइको माग गरेका छन् । यस अघि पक्राउ गरिएका दुई पोलिट ब्युरो सदस्य पदम राई र ओमप्रकाश पुन अहिले पनि प्रहरी हिरासतमा छन् ।
२०७५ साउन १४ गते बिहान ११ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :