अखिल (क्रान्तिकारी)द्वारा विरोध प्रदर्शन

काठमाडौँ : कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखाम निवासी एवं सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा आइतबार दाङमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को आयोजनामा दाङको घोराही र तुलसीपुरमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । संगठनले १३ वर्षिय अबोध बालिका निर्मलाको पन्तको बलात्कारपछि विभत्स हत्या गर्ने हत्यारालाई तुरुन्तै पक्राउ गरी हदैसम्मको कडा कारबाही गर्न माग गर्दै ¥याली निकालेको हो ।  संगठनले अबोध बालिकाको हत्यारालाई प्रक्राउ गरी कडा भन्दा कडा कारबाहीको दायरामा ल्याई पिडित परिवारलाई उचित क्षेतिपुर्तिको माग गर्दै भिषण वर्षाको बाबजुत र प्रहरी दमनको कुनै प्रवाह नगरी हजारौ विद्यार्थी सडकमा उत्रिएका छन् ।
घोराहीको भरतपुर क्याम्पस चोकमा भएको विरोधसभामा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो संयोजक पदम पोख्रेल र संगठनका जिल्ला अध्यक्ष प्रितिमा चौधरीले सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन संगठनका जिल्ला उपाध्यक्ष अनिल केसीले गरेको थिए । यस्तै तुलसीपुरको विपी चोकमा भएको विरोधसभामा प्रदर्शन गर्दै विद्यार्थीहरुले निर्मला पन्तको हत्यारालाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन् । सभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष प्रकाश वलीले नेपाली चेलीबेटीको रक्षा नेपाल सरकारले गर्न नसकेकाले महिनौपिच्छे यस्ता जघन्य अपराध घटिरहेको बताएका छन् । सरकार भ्रष्टाचारीको दलदलमा फसेकाले नागरिकको जनजीविकाको रक्षा गर्न नसक्ने प्रष्ट पारे । उनले निर्मलाको हत्यारालाई कानुनी कारबाही नभए अखिल (क्रान्तिकारी)ले नै कारबाही गर्ने चेतावनी दिए । भिमदत्त नगरपालिकाका मेयर उक्त घटनालाई सर्पको टोकाईबाट भएको भनेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने जोड दिए । कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला सदस्य तेज प्रसाद पोख्रेलले गरेका थिए । यसैगरी अखिल (क्रान्तिकारी) कैलालीले पनि विरोध प्रदर्शन आइतबार सम्पन्न गरेको छ । जिल्लाका धनगढी, अत्तरिया लम्कीलगायतका ठाउँमा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । कार्यक्रममा जिल्ला स्तरीय नेताहरुले विरोध प्रदर्शनपछि सम्बोधन गरेका थिए ।
२०७५ साउन १४ गते दिउँसो १ : १६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :