एनआईसी एशिया बैंकको कालो कर्तुत

काठमाडौँ : पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त भक्तपुरमा रहेको नेपाल इन्जिनियरीङ कलेजले नीजि क्षेत्रको बैक एन आई सी एशियाको भक्तपुर चाँगुनारायणमा रहेको शाखामा धर्ना दिएको छ । आइतबार उक्त कलेजका संचालक समितिका सदस्य, शिक्षक र कर्मचारीहरुले एन आइ सि एसिया विरुद्ध नारा बाजी गरेका छन् । उनीहरुले उक्त बैैक खातामा रहेको ४ करोड २६ लाख रकम विनाकारण रोक्का गरिएको बताएका छन् । साथै बैकले बिनाकारण यसरी संस्थाको रकम रोक्का गरिदिएपछि कलेजको दैनिक कार्यसंचालनमा समेत अवरोध भएको बताएका छन् । बैंक विरुद्ध आन्दोलनमा सहभागी भएका उक्त कलेजका कर्मचारी मनोहर खनालले भने ‘हाम्रो आन्तरिक कारणले पहिले एउटा बैंकमा खोलीएको खाता रोक्का भएको थियो ।

हामीले दैनिक कलेज संचालनमा समस्या परेपछि जिल्ला प्रशासन कार्यालयमा गएर छलफल गर्दा प्रमुख जिल्ला अधिकारीको आदेशमा संचालक समितिबाट नभई लेखाशाखाबाट एक जना र अर्को एकजनाको नाममा खाता खोलेका थियौं । पछि विश्व विद्यालयलाई बुझाउनको लागि ४ लाखको चेक बनाएर पठाउदा हाम्रो खाता रोक्का भएको जानकारी गराईयो । तर के कारणले रोक्का गरिएको हो भन्ने जानकारी गराईएन । त्यसैले यो बैंकको सरासर बेइमानी तरिका हो ।’ खनालका अनुसार एन आइ सि एसियाका चाँगुनारायण शाखाका प्रबन्धक पैसा गन्ने मेशिन, गाडि र ५ जना कर्मचारी सहित कलेजमै पुगेर पैसा लिएका थिए । तर अहिले एक्कासी कसैको उजुरी विनानै उक्त खाता रोक्का भएको छ । कलेज संचालकहरुका अनुसार राष्ट्र बैंकमा एन आइ सि एसिया बैकका अधिकारी र नेपाल इन्जिनियरिङ कजेलका अधिकारीहरुबीच छलफल पनि भएको थियो । उक्त छलफलमा राष्ट्र बैंकले संस्थाको पैसा एन आइ सि एसियाले रोक्का गर्न मिल्दैन भनेको थियो । तर पनि राष्ट्र बैंकको आदेश विपरित एन आइ सिले पैसा रोक्का भएपछि विद्यालयका संचालकहरु बैक विरुद्ध क्रुद्ध भएका छन्  ।उनीहरुले बैंक अफ एसोसियसनको कालोसुचिमा परेको एन आई सि एसियाले सर्वसाधारण जनतालाई ठग्न सक्ने भन्दै कलेजका करिब २१ सय विद्यार्थी र करिब ३ सय शिक्षकको सहभागीतामा अझै आन्दोलन चर्काउने बताएका छन् ।

कलेजको खाता रोक्का गर्नुको कारणबारे बैंकका शाखा प्रमुख सरिता श्रेष्ठले यसविषयमा आफुहरुले जवाफ दिन नसक्ने भन्दै केन्द्रीय कार्यालयसँग सोध्नुहोस भन्ने प्रतिक्रिया दिएकाछन् । उता आन्दोलनमा उत्रिएका कलेजका संचालकहरुले भने यो बैंकको ठगि धन्दा भएको भन्दै बैंकले संस्थाको खाता रोक्का गर्नुको कारण माग गरिरहेका छन् र उनीहरुले आवश्यक परे अझ शसक्त आन्दोलनमा जाने या कानुनी प्रक्रिया दुवै अबलम्बन गर्ने बताएका छन् । उक्त नेपाल इन्जिनियरिङ कलेज सामाजिक संस्थाकोरुपमा स्थापना गरिएको भएपनि संचालक समिति भित्रका केही सदस्यहरुले कलेजलाई प्राली बनाएर ब्यापार गर्न खोजेपछि संचालक समिति भित्र विगत एक वर्ष देखि शुरु भएकोे बिबाद अहिले उत्कर्षमा छ ।

२०७५ साउन १३ गते अपरान्ह ६ : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :