केपी र प्रचण्डका नेता–कार्यकर्ता विप्लवतिर

काठमडौँ : तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का नेता–कार्यकर्ताहरु नेकपामा प्रवेश गर्नेको लहर चलिरहेका छन् । यसैबीच कालिकोटमा पूर्व माओवादी केन्द्र र पूर्व नेकपा (एमाले) का नेता–कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी कालिकोटमा प्रवेश गरेका हुन् । 

नेकपाले चलाएको एकीकृत जनजागरण अभियान अन्तर्गत कालिकोटको सदरमुकाम मान्मामा विभिन्न पार्टी परित्याग गरी ३१ जनाले नेकपा पवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुमा रणबहादुर, जितबहादुर विक, विर्खबहादुर विक, दान विक, कवि गोरेत, विरेन्द्र विक, कमल विक, छत्र विक, भैरब विक, तपेन्द्र विक, कर्ण विक, सौरव विक, मान विक, प्रकाश विक, पदम विक, उपेन्द्र विक, चक्र विकलगायत ३१ जना रहेका छन् ।

कार्यक्रममा सामना परिवारले जोडदार प्रस्तुती गरेको थियो । कालिकोट ४ मान्मामा आयोजित एक कार्यक्रमका बिच नेकपा कर्णाली व्युरो सदस्य विराटले उनीहरुलाई स्वागत गरेका थिए । त्यस्तै कार्यक्रममा रमेश र जिल्ला सेक्रेटरी रणदिपको विशेष उपस्थिति रहेको थियो ।
२०७५ साउन १३ गते दिउँसो १२ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :