बालिका बलात्कारपछि हत्याको विरोधमा संयुक्त विद्यार्थीद्वारा संघर्षको कार्यक्रम घोषणा

कञ्चनपुर : भीमदत्त नगरपालिका, २ उल्टाखामकी निवासी एवं सरस्वती माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा निर्मलाको बलात्कारपछि कञ्चनपुरका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लगायतले तीन दिने संघर्षको कार्यक्रम घोषणा गरेका छन् । शनिबार कञ्चनपुरका विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी उक्त कार्यक्रम घोषणा गरेका हुन ।
छात्रामाथि भएको जघन्य बलात्कार र क्रुर हत्याको विरोधमा अखिल (क्रान्तिकारी), अनेरास्वियु, वैद्य क्रान्तिकारी, अखिल छैटौँले र नेवि संघले संघर्षको कार्यक्रम घोषणा गरेका हुन् ।
संयुक्त जारी गरिएको विज्ञप्ति अनुसार ६ वटै विद्यार्थी संगठनले आइतबार विरोध सभा गर्दै प्रशासनमा ज्ञापन पत्र बुझाउने, सोमबार दुई घण्टा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने र मंगलबार शैक्षिक हडताल गर्ने घोषणा गरेको छ ।
घटनाको विरोधमा निर्मला अध्ययनरत सरस्वती माध्यामिक विद्यालय, अखिल नेपाल महिला संघ क्रान्तिकारी, नेपाल महिला संघ, युथ भ्वाइस महेन्द्रनगरले घटनाको घोर भत्र्सना गर्दै दोषी उपर कारबाहीको माग गरेका छन् । हत्यारालाई कारबाहीको माग राख्दै महेन्द्रनगरमा शनिबार पनि प्रर्दशन भएको थियो ।

२०७५ साउन १२ गते बेलुका ९ : ५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :