नेकपाका दुई पोलिट ब्युरो सदस्य गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका दुईजना पोलिट ब्युरो सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नेकपाका पोलिट ब्युरो सदस्य कृष्ण धमला (गम्भीर) र मोहन कार्की (जिवन्त)लाई प्रहरीले पक्राउ गरेको हो । साउन १० गते नै पक्राउ गरिएका उनीहरुलाई अहिले बालाजु प्रहरी चौकीमा राखिएको पारिवारिक श्रोतबाट जानकारी आएको छ । उनीहरुलाई काठमाडौं उपत्यका आउदै गरेको बेला थानकोटबाट प्रहरीले पक्राउ गरेको थियो । नेकपाका एक नेताले आफ्नो पार्टीका दुई पोलिट ब्युरो सदस्यलाई प्रहरीले अपहरण शैलीमा पक्राउ गरि बेपत्ता बनाएको सुचना आएको भएपनि र उनीहरुको अवस्थाबारे प्रशासनले कुनै जानकारी नै नगराएको भन्दै बिनाकारण आस्थाकै आधारमा पक्राउ गरिएका दुई नेतालाई अबिलम्ब रिहाइको माग गरेका छन् । यस अघि पक्राउ गरिएका दुई पोलिट ब्युरो सदस्य पदम राई र ओमप्रकाश पुन अहिले पनि प्रहरी हिरासतमा छन् ।

२०७५ साउन १२ गते शनिबार दिउसो ३: ०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :