महानगरमा फेरी तनाव, माग पुरा नगरेकोमा व्यावसायीको आक्रोश, प्रहरी हस्तक्षेपप्रति योङ रेड फोर्सको आपत्ति

चितवन : भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि भरतपुर तनावग्रस्त बनेको थियो । प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायी र प्रहरीविच झडप भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना व्यावसायी गम्भीर घाइते समेत भएका छन् भने दुई प्रहरी जवान पनि घाइते भएका थिए । प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायीले मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक तोडफोड पनि गरेका थिए । प्रदशनका क्रमामा दर्जनौँ घाइते भएको आशंका गरीएको छ । थप विवरण आउन भन्ने बाँकी छ । प्रहरीले दर्जनौँ अश्रुग्यास प्रहार गरेको छ । अटो व्यावसायीका माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएको छ ।

उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तिनपांग्रे व्यवसायी थप आन्दोलित भएका थिए । तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, टूेड युनियनहरुले बुधबार भरतपुरको केन्द्रीय बस टर्मीनल क्षेत्रमा प्रर्दशन गरेका थिए । भरतपुर महानगरपालिका भित्र साउन ५ गते देखि तिनपाङग्रे सवारी साधनलाई मुख्य राजमार्गमा संचालनमा रोक लगाउने निर्णय गरेको थियो ।

यसैविच यता मजदुरका नेताले धोका गरेको आरोप व्यावसायी तथा अटो चालकले लगाएका छन । यसकारण पुन आन्दोलन चर्काउने पक्षमा मजदुर रहेको खुल्न आएको छ । प्रहरीसँग बुझदा चोक चोकमा प्रहरी तैनाथ गरिएको हुँदा कुनै पनी घटना भए तत्काल एक्सनमा उत्रने जनाएका छन । यस अवस्थामा महानगरमा फेरी तनाव हुने होकी भन्ने आशंका गरिएको छ । घटना पश्चात महानगर उपप्रमुखको समेतको सहभागीतामा भएको वार्ता मार्फत आन्दोनका सबै कार्यक्रम स्तगित भएका थिए । हिजो साँझ भएको वार्तामा निर्णय नं. ३ मा प्रस्ट सँग लेखिएको छ महानगरकै निर्णय लागु हुने कुरा उल्लेख भएको थियो ।

अटो व्यावसायि मजदुरहरुको शान्ति पुर्ण आन्दोलनमा प्रहरी द्वारा हस्तक्षेप र गोलि प्रहारको घटनाप्रति विप्लव नेतृत्वको नेकपा निकट योङ रेड फोर्स चितवनले आपत्ति जनाएको छ । बुधबार उक्त संगठन चितवनका सचिव किरणले प्रेस विज्ञप्ति जारी गर्दै श्रमजीवी नेपाली जनताको भरमा टिकेको राज्य बेवस्था तिनै जनतालाई निरङ्कुस हिटलरी शासन लादेको बताएका छन् । त्यस्तै घाइते मदजदुरहरुलाई निशुल्क उपचार खर्च बेवस्था गर्न माग गर्दै व्यावसायीहरुको आन्दोलनप्रति अज्ञबद्धता रहेको बताएको छ ।
२०७५ साउन १० गते बिहान ११ : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :