नेपाल इन्जिनियरिङ कलेजको लडाइँ उत्कर्षमा

 

काठमाडौँ : नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरमा सामाजिक संस्था हुनुपर्ने र प्रा.लि. दर्ता गरी कलेज खान खोज्नेका बीच सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा छलफल भएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनबमोजिम भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको उपस्थितिमा छलफल भएको हो । छलफलमा कलेजमा भएका चरम आर्थिक हिनामिना सम्बन्धमा दृढ भई कामकारबाही गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुर अगाडि बढेको देखिन्छ । यसै सम्बन्धमा ठूलो कर छलीसमेत भएको र कारबाहीमा आउने प्रस्ट बुझिन्छ । यसका बारेमा अध्ययन गर्न सहायक प्र.जि.अ. जयकुमारको संयोजकत्वमा एक सदस्यीय छानबिन समिति बनेको जानकारी स्रोतले दिएको छ । प्रा.लि. दर्ता गरी खाने सञ्चालक समितिका सदस्यहरू कारबाहीमा पर्ने सङ्केत पाएपछि कलेजका विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दा आशावादी भएको जानकारहरू बताउँछन् ।
२०७५ साउन ९ गते दिउँसो १२ : ३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :