कानुनमन्त्री तामाङले दिए राजीनामा

काठमाडौँ : बङ्लादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न गएका नेपाली छात्राहरुको बिषयमा विवादास्पद अभिब्यक्ति दिएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहाद्र तामाङले मंगलबार सिंह दरबारमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका छन् ।
उनले एक विद्यालयको कार्यक्रममा बोल्दै नेपाली युवतीहरुले बङ्लादेशमा आफ्नो शरिर सुम्पिएर मात्र मेडिकल शिक्षाको सर्टिफिकेट पाउने गरेको बताएका थिए । त्यसको सबै क्षेत्रबाट चर्को विरोध भएपछि मन्त्री शेरबहादु तामाङले राजीनामा दिएका हुन् । उनले लामो राजीनामा पत्रमा भनेका छन् ।
मैले विदेशमा मेडिकल शिक्षा अध्ययनमा गएका चेलीहरु पीडामा छन् भन्ने विषयमा बोल्दा म माथि चारैतिरबाट हमला गरियो । म ‘नेपाली नारीहरुप्रति सम्मान गर्छु, कोही पनि नारीमाथि हिंसा हुनुहुन्न भन्ने मान्छु ।’ महिलाहरुको हक अधिकारका लागि काम गरेको आफूलाई त्यही विषयले लखेटेको उनले बताए ।
आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्याहरुलाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे । तर, आलोचना नरोकिएपछि यो मुद्दाले सरकार र पार्टीलाई बदनाम गर्ने भन्दै सत्तारुढ दल नेकपाले कानूनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको थियो ।
२०७५ साउन ८ गते बेलुका १० : ४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :