राजेन्द्र महतोको घरमा बम

फाइल: तस्वीर

सर्लाही : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र महतो र प्रदेशसभा सदस्य महेन्द्र महतोको घरमा शक्तिशाली बम फेला परेको छ । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका २ स्थित उनीहरूको घरमा बम राखिएको समाचार प्राप्त भएको सर्लाही संवाददाताले जनाएका छन् । उनीहरूमाथि पद र शक्तिमा रहँदा चरम भ्रष्टाचार गरेको, नारिमनतालवरिपरि बसेका सुकुमबासीलाई हटाउने षड्यन्त्र गरेको, बाटो खन्ने नाममा किसानको जग्गा परेर क्षति पु¥याएको, गाडी नै डुब्ने खाल्टा पारेको आरोप लागेको छ । उक्त घटनाको जिम्मा हालसम्म कसैले लिएको छैन । नेपाली सेनाको टोलीले उक्त बम निष्क्रिय पारेको समाचारमा जनाइएको छ ।
२०७५ साउन ६ गते दिउँसो ३ः२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :