घुससहित कर्मचारी पक्राउ

सप्तरी : सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको ७० हजार नगदसहित पक्राउ गरेको छ । गाउँपालिकाको राजविराज नगरपालिका ५ स्थित सम्पर्क कार्यालयबाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियारको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले पक्राउ गरेको हो ।

टोलीका प्रमुख प्रहरी निरीक्षक राजन कार्कीले मण्डलको साथवाट घुसबापत लिएको नगद ७० हजार बरामद भएको जानकारी दिए । सकरपुरामा सडक निर्माणको योजना मिलाई दिए बापत मण्डलले उपभोक्ता समितिबाट कमिसन बापत उक्त रकम लिएको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले मण्डललाई अनुसन्धानका लागि इटहरीस्थित सम्पर्क कार्यालयमा लगेको कार्कीले बताएका छन् ।
२०७५ साउन ६ गते बिहान १० : २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :