देउरालीमा शोकसभा

तनहुँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, पार्टी केन्द्रीय प्रकाशन ब्युरोका इन्चार्ज तथा रातो खबर साप्ताहिकका निर्देशक गुणराज लोहनीको पुख्र्यौली घर तनहुँको वेदव्यास नगरपालिका वडा नं. १२ देउरालीमा गत असार ३० गते शोकसभा आयोजना गरिएको छ । नेकपाका नेता, कार्यकर्ता र क्रान्तिकारी पत्रकार सङ्गठनले संयुक्त रूपमा शोकसभा आयोजना गरेका हुन् । लोहनीकी आमा विष्णुदेवी लोहनीको गत असार २१ गते बिहीबार चितवनको कलेज अफ मेडिकल साइन्समा ७५ वर्षको उमेरमा निधन भएको थियो ।

शोकसभामा नेकपाकी केन्द्रीय सदस्य तथा गण्डकी ब्युरो इन्चार्ज सावित्रा दुरा,  राताे खबर प्रकाशन गृहका प्रबन्ध निर्देशक भीम चापागार्इं, क्रान्तिकारी पत्रकार सङ्गठनका नेता दीपेन्द्र रावलका साथै विभिन्न ब्युरो र जिल्लाका पत्रकार सहभागी थिए । नेकपाका नेता, कार्यकर्ता र पत्रकारले मातृशोकमा रहनुभएका नेता लोहनी र शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका थिए ।
२०७५ साउन ३ गते बेलुका ७  : ०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :