राजबन्दी अभिनन्दन कार्यक्रम सम्पन्न

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले राजबन्दी स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । उक्त पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदीलगायत दुई जनालाई बिहीबार अभिनन्दन गरिएको हो । उनीहरुलाई असार ३१ गते उच्च अदालत विराटनगरको आदेशमा रिहा भएका हुन् । सेक्रेटरीलाई २०७४ मंसिर १४ गते बेलका नगरपालिका वडा नं. ५ बाट प्रहरीले गिरफ्तार गरेको थियो । सेक्रेटरी २०७५ असार १४ गते सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि पूनः जिल्ला कारागार भित्रबाट गिरफ्तार गरी सुनसरी धरान वडा प्रहरीद्वारा झुट्ठा मुद्दा लगाई बन्दी बनाएको थियो ।
२०७५ साउन ३ गते बेलुका ८ : ४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :