अधिकृत पाण्डेमाथि जनपरिषदको कारबाही

डोटी : जिल्ला जनपरिषद् डोटीले बागवाणी विकास अधिकृतिलाई बुधबार कालोमोसो दलेको छ । बुधबार बिहान जनपरिषद्का कार्यकर्ताहरुले कायार्लयमै पुगेर पाण्डेलाई कालोमोसो दलेका छन् । डोटीको शिखर नगरपालिकास्थित कृषि इकाई कार्यालयमा कार्यरत कृष्णदत्त पाण्डेले बिउ, मल र कृषि सामाग्री भ्रष्टाचार गरेको भन्दै कालोमोसो दलेका हुन् ।

जनपरिषद्ले छोडेको पर्चामा मिक्स बिउ तरकारी ७५ हजारमा खरिद गरेको तर तीन लाखको भरपाई बनाइएको, भटमास र युरिया १ लाख बराबरको ल्याएको तर कृषकहरुलाई बितरण नगरेको, किसानलाई अनुदानमा दिनुपर्ने बिउ बिजन पनि आधा बितरण गरेको, एक करोड २० लाख रकममा ३५ लाख मात्रै काम गरेको र अरु हिनामिना गरेको बताइएको छ ।
२०७५ साउन २ गते दिउँसो १२ : ५६ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :