गुटखा उद्योगमा दुईवटा बम फेला

कैलाली : लम्की बजारमा दुईवटा शक्तिशाली बम फेला परेका छन् । कैलालीको लम्की चुहा नगरपालिका १ स्थित लम्की बजारमा रहेको मेघाश्री उद्योग परिसरमा बम फेला परेका हुन् ।
अज्ञात समूहले गएराति उद्योग परिसरमा बम राखेको हुन सक्ने स्थानीय प्रहरीले जनाएको छ । बम फेला परेको स्थानलाई अहिले घेरा हालेर राखिएको छ । बम डिस्पोज गर्न नेपाली सेनाको टोली लम्की गइरहेको बताइएको छ ।
मेघाश्री सुदूर तथा मध्य पश्चिममा एकलौटी बजार बनाएको गुटखा हो । मेघाश्रीको उत्पादनमा केमिकल धेरै प्रयोग हुने भएकोले मानिसहरुको स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै विरोध भइरहेको छ ।
२०७५ साउन २ गते दिउँसो १ ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :