विश्व किर्तिमानी धावक हरिबहादुरलाई दिलबहादरले गरे आर्थिक सहयोग

काठमाडौँ : बिरामीले थला परेका विश्व किर्तीमानी अल्ट्रा धावक हरिबहादुर रोकायालाई दिलबहादुर कडायतले आर्थिक सहयोग गरेका छन् । कालिकोटका युवा व्यवसायी तथा पूर्व खेलाडी कडायतले मंगलबार रोकायालाई भेटेर सहयोग गरेका हुन् । भक्तपुरको लोकनथलीस्थित रोकायकै कोठमा पुगेर कडायतले ५० हजार सहयोग गरे ।

जुम्लामा प्रशिक्षार्थीसँगै दौडको तयारीमा रहेका रोकाया असार ३ गते एक्कासी विरामी परेका थिए । उनका हात खुट्टा चल्न छोडेपछि काठमाडौँ ल्याएर बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गरिएको थियो । करिब तीन हप्तासम्मको उपचारपछि स्वास्थ्यमा सुधार भएपछि रोकायालाई डिस्चार्ज गरिएको छ ।
कडायतसँग कुरा गर्दै रोकायाले आफ्नो स्वास्थ्यप्रति सरकारले कुनै वास्ता नगरेकोप्रति दुःख लागेको बताए । उनले भने, “मैले नेपाललाई विश्वमा चिनाएँ । खेलाडी उत्पादन गरे, जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर नेपालको इज्जत बढाएका छन् तर राज्यले मलाई चिनेन् ।” उनले आफ्नो स्वास्थ्यप्रति सरकारले कुनै वास्ता नगरेका कारण धेरै खेलाडी निरास भएको बताए ।

धावक रोकायाले आफ्नो उपचारमा राज्यले आवश्यकताअनुसारको सहयोग नगरेको बताए । उनले व्यक्तिगत रुपमा दिइने सहयोग खेलाडीको लागि अक्षय कोष खोल्ने सोँचेको बताए । सहयोग हस्तान्त्रण गर्दै कडायतले विश्व चर्चित खेलाडीको बारेमा राज्य बेखबर भएको देख्दा आफूलाई चिन्ता लागेको भन्दै आफूले सानो सहयोग गरेको बताए । उनले
उपचारपछि धावक रोकायाका सामान्य हिटडुल गर्न सक्ने भएका छन् तर दुबै हात भने सक्रिया भइसकेका छैनन् । अरुकै सहयोगमा खान र पानी खाइरहेका छन् ।

दौडेरै गिनिज बुकमा नाम लेखेर रोकायाले नेपाललाई विश्वमा चिनाएका छन् । वि.सं. २०३९ सालबाट राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुन थालेका रोकाया ३० पटकसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेका छन् । धावक रोकायाले सन् १९८८ मा ४२ किलोमिटर ३ घण्टा ५६ मिनेट १० सेकेण्ड पूरा गरेर विश्व रेकर्ड कायम गरेका थिए । सोही रोकर्डलाई रोकाया आफैले सन् १९९२ मा ३ घण्टा ५० मिनेट २३ सेकेण्डमा पार गरेर आफ्नो तोडेका थिए ।
धावक रोकायाले धेरै अवसरलाई छोडेर जुम्लाबाट खेलाडी उत्पादन गर्ने भनेर स्पोर्ट्स क्लव संचालन गर्दै आएका छन् । ५७ वर्षीय रोकायाले अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गरेका छन् ।

धावक रोकायाले प्रशिक्षण दिएका सुनमाया बुढा, राममान बुढा, दुर्गा बुढा, मञ्जु रावल, दिपेन्द्र बमसहित तीन दर्जन खेलाडीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर नेपाललाई चिनाइरहेका छन् ।
सहयोग हस्तान्त्रणमा संवाद डबलीका अध्यक्ष दिपेन्द्र रावल, जुम्लाका स्थानीय युवा नेता सुमन आचार्य र विद्यार्थी नेता तथा सहयोग हस्तान्त्रणको समन्वय गरेका जनक महतारा पनि सहभागी थिए ।
२०७५ साउन १ गते अपरान्ह ५ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :