अनेमसंघ क्रान्तिकारी काभ्रेको जिल्ला भेला सम्पन्न

काभ्रे : अखिल नेपाल महिला संघ क्रान्तिकारी काभ्रेको जिल्ला भेला असार ३० गते शनिबार सम्पन्न भएको छ । उक्त भेलामा अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्द, नेकपाका पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज जगत, जिल्ला सेक्रेटरी अग्रीम, अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय कोषाध्यक्ष प्रतिभा गहतराज, अखिल नेपाल क्रान्तिकारी सुकुम्वासी संघका महासचिव लालबहादुर विकलगायतको आतिथ्यता रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि चन्दले महिला आन्दोलनको विगतको बलिदानपूर्ण, गौरवपूर्ण इतिहासलाई कायम राख्दै आगामी दिनहरुमा पनि आफ्नो पूर्णअधिकार प्राप्त नभएसम्म महिलाहरुले निरन्तर संघर्ष गरिरहनु पर्ने आवश्यकता रहेको बताएकी थिइन् । त्यस्तै ब्युरो इन्चार्ज जगतले महिला आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडेर मात्र महिला मुक्ति आन्दोलन सफल हुने बताएका थिए । अन्य अतिथिहरुले भेलाको सफलताको शुभकामनासहित मन्तव्य राखेका थिए ।
भेलाले सम्झना परियारको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेका छन् । कार्यक्रमको अध्यक्षता पवित्रा फुयाल सञ्चालन सम्झना परियारले गरिकी थिइन् ।
२०७५ असार ३२ गते अपरान्ह ४ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :