मजदुर सङ्घका केन्द्रीय उपाध्यक्षद्वारा राजीनामा, क्रान्तिकारी पार्टीमा लाग्न सम्पूर्ण मजदुरलाई आह्वान

काठमाडौँ : तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ढुवानी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष राजकुमार राजवंशीले राजीनामा दिएका छन् । राजवंशीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तत्कालीन माओवादी केन्द्र तत्कालीन नेकपा (एमाले) मा विलय भएकाले आफूले विद्रोह गरेको पनि बताएका छन् । उनले राजीनामामा पुनः मजदुरका सपना पूरा गर्ने आशा र भरोसा व्यक्त गरेका छन् । उनले आफू मजदुरहरु माझबाट कहिल्यै टाढा नरहने बताउँदै मजदुरको सपना पूरा गर्ने पार्टी र संगठनमा लाग्न पनि आह्वान गरेका छन् ।

२०७५ असार ३१ गते अपरान्ह ५ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :