केन्द्रीय सदस्य साहलार्इ रिहाई नगरे नेकपाले सङ्घर्षको कार्यक्रम घोषणा गर्ने

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य देवनारायण साहलाई बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहाइ नगरे संघर्षको कार्यक्रम घोषणा गर्ने बताएको छ । उक्त पार्टीका पालिटब्युरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले यस्तो माग गरेका हुन् ।

नेता अनिल विरहीले विज्ञप्तिमा भनिएको छ, “सामाजिक दलाल पुँजीपति वर्गको वर्तमान सरकारले नागरिकका सामान्य मौलिक अधिकारमाथि प्रतिबन्ध लगाउँदै आएको छ । उसले धर्ना, जुलुश, वाक तथा प्रकाशन अधिकार पनि कुन्ठित गरेको छ । देशभरि शान्तिपूर्ण प्रदर्शनको विरुद्ध निषेधाज्ञा जारी गरेको छ । नागरिकलाई देशब्यापी हिडडुल, भेटघाट, छलफलमा समेत प्रतिबन्ध लगाएको छ । त्यसै क्रममा हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा मधेसी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष क. देवनारायण साहलाई असार २८ गते मोरङका सङ्गठनका कमरेडहरुसँग भेटघाट गरिरहेको अवस्थामा सुनसरी, इटहरीबाट गिरफ्तार गरी परिवार र आफन्तसँग सम्पर्क गर्नसमेत नदिइ बेपत्ता पारिरहेको छ । ”

विज्ञप्तिमा “हाम्रो पार्टी अधिनायकवादी दलाल सरकारको त्यसप्रकारकोे कदमको घोर निन्दा गर्दछ र क. देवनारायण साहको बिनासर्त तत्काल रिहाइको माग गर्दछ । अन्यथा सरकारी ज्यादतीको कडा प्रतिवाद गरिनेछ । त्यप्रकारको ज्यादतीको प्रतिवाद गर्न हामी अन्य राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी, सञ्चारजगत र जनतासँग अपील गर्दछौँ । साहको तत्काल रिहाई नभएमा पार्टीले सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछ र त्यसबाट उत्पन्न परिणामको जवाफदेखि पनि वर्तमान दलाल सरकार नै हुनेछ ।” उल्लेख छ ।

विज्ञप्तिको पूर्णपाठ-

२०७५ असार २९ गते अपरान्ह ६ : ०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :