चीनमा शक्तिशाली बम विस्फोट, विस्फोटबाट १९ को मृत्यु , १२ जना घाइते

काठमाडौँ : चीनको औद्योगिक पार्कमा भएको विस्फोटमा परेर १९ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा उक्त हताहती भएको हो ।
यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको चीनको सरकारी समाचार संस्था सिन्हृवाले जनाएको छ । उक्त विस्फोटको कारणबारे खुलिसकेको छैन । तर, विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा फैलिएको धुँवाको जनाइएको छ ।
२०७५ असार २९ गते दिउँसो २ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :