संशोधनवादको विश्वयापी आयाम : उमा भुजेल

माक्र्सवादको उदय हुनुभन्दा पहिले पनि सर्वहारावर्गले शोषणका विरुद्ध सङ्घर्ष गरेका थिए । तर ती सङ्घर्षहरू सही विचारधारा र सङ्गठनको अभावमा सफलतामा पुग्न सकिरहेको थिएन । जब माक्र्सवादको उदय भयो, जब माक्र्सले उन्नाइसौँ शताब्दीको पश्चिम युरोपेली देशहरूको पुँजीवादी समाजको विश्लेषण गर्दै, वर्गसङ्घर्षको सिद्धान्तको प्रतिवादन गर्नुभयो र भन्नुभयो, “मभन्दा पहिलेको पुँजीजीवीले–इतिहासविद्ले वर्गसङ्घर्षको ऐतिहासिक विकासक्रमको बारेमा बताइसकेका छन् । मैले थपेको, वर्गहरूको विद्यमानता मात्र, उत्पादन विकासको निश्चित ऐतिहासिक चरणसित सम्बन्धित छ (२) वर्गसङ्घर्षको अनिवार्यता सर्वहारावर्गको अधिनायकत्वतर्पm डो¥याउँछ (३) यो अधिनायकत्व स्वयम् सबै वर्गहरूको उन्मूलनतर्पmको सङ्क्रमण हो । पुँजीवादी समाजबाट समाजवाद अनि साम्यवाद आउने साथै समाजवादी समाजलाई सङ्क्रमण कालको अवस्था, सङ्क्रमणकालमा अधिनायकत्व रहने कुरा स्पष्ट पार्नुभयो । मजदुर वर्गको महत्व भूमिका र मजदुरमाथि कसरी शोषण भइरहेछ भन्ने कुरा स्पष्ट ढङ्गले माक्र्सले संश्लेषण गर्नुभयो । समाज अब पुँजीवादबाट समाजवादतर्पm जाँदैछ । पुँजीवादी समाजलाई ध्वस्त पारी नयाँ समाजको निर्माणमा प्रमुख र महत्वपूर्ण भूमिका मजदुरवर्गको हुनेछ । मजदुर शक्ति महत्वपूर्ण हुँदाहुँदै पनि पुँजीपति समाजमा मजदुरहरूको भूमिका र महत्व नै छैन, मात्र मालिकको पुँजी कमाउने शक्तिको रूपमा प्रयोग गरेको पाइन्छ । माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्त विकास गरेर कसरी मालिक धनी हुँदै जान्छ र कसरी श्रम गर्ने श्रमिक (मजदुर) झन्–झन् गरिब हुँदै जान्छ, छर्लङ्ग बताइदिनुभएको छ । माक्र्सले अझै माथि उठेर निष्कर्ष निकाल्नुभयो कि निजी सम्पत्तिकै अन्त्य गर्ने उद्देश्य कम्युनिस्टको हुनुपर्दछ । निजी सम्पत्तिको निर्माणले पुँजीपतिलाई मात्र फाइदा पु¥याउँछ । माक्र्स–एङ्गेल्सले पेरिस कम्युन पछाडि गम्भीर ढङ्गले निष्कर्ष निकाल्दै भन्नुभयो “श्रमजीवीवर्गले राज्य सत्ता कब्जा गरेर त्यसलाई जस्ताको तस्तै आफ्नो उद्देश्यको लागि प्रयोग गर्न सक्दैन” सर्वहारावर्गले पुरानो सत्तालाई भत्काएर ध्वस्त पारेर सर्वहारावर्गको अधिनायकत्वलाई लागू गर्न क्रान्तिकारी हिंसाको प्रयोग गर्नुपर्दछ । माक्र्सका यी विचारले संसारभरका सर्वहारावर्गलाई उत्साहित र उत्प्रेरित ग¥यो । यी विचारका आधारमा सङ्घर्षहरू अगाडि बढ्न थाले ।

सर्वहारावर्गले राज्यसत्ता प्राप्तिका लागि पुँजीपतिवर्गका विरुद्ध गरिएका सङ्घर्षहरू छोटो समयमा सशक्त र सुदृढ बन्दै गए, जसले गर्दा पुँजीपतिहरू अल्मलिन पुगे र बलपूर्वक आन्दोलनलाई दबाउन खोजे तर आन्दोलन, भलिबललाई जति तल दबाउन खोज्यो, त्यति–त्यति माथि उफ्रिएझैँ भयो । झन्–झन् आन्दोलन चर्किंदै उत्कर्षतिर अगाडि बढ्न थालेपछि बल प्रयोग गरेर आन्दोलन रोक्न र ध्वस्त पार्न नसकेपछि पुँजीपतिहरूले अर्को बाटो अपनाउन पुगे । माक्र्सवादी भएर माक्र्सवादी आन्दोलन घुस्ने र आन्दोलनलाई कमजोर बनाउने, ध्वस्त पार्ने, संशोधनवाद भनेकै पुँजीपतिहरू माक्र्सवादी भएर माक्र्सवादको विरोध गर्नु हो । संशोधनवाद हरियो घाँसभित्रको हरेउजस्तै हुन्छन् । हरियो घाँसभित्रको हरेउलाई चिन्न, छुट्याउन सकिंदैन, घाँसकै रङको हुन्छ तर उसले नचिनिएर नै मान्छेलाई डस्छ । यो रूपमा हेर्दा, झट्ट हेर्दा क्रान्तिकारी परिवर्तनको पक्षधर देखिन्छ तर यो कहिल्यै निर्णायक आन्दोलन र सङ्घर्षमा भाग लिंदैन, गर्दैन । संशोधनवाद जन्मने स्रोत भनेको लेनिनले भन्नुभएझैँ निम्न पुँजीवादी उत्पादन सम्बन्ध नै हो । बाह्य शत्रु चिन्न जान्न जति सजिलो हुन्छ तर संशोधनवाद चिन्न (मित्र सत्रु) सजिलो हुँदैन, लड्न सजिलो हुँदैन । यो पनि सत्य हो, संशोधनवादसँग लडेर मात्र माक्र्सवादको विकास भएको छ । यसलाई पराजित गरेर मात्र क्रान्ति सफल भएको छ । त्यसले संशोधनवादको कसरी जन्म र विकास भएको छ घटनाक्रम र तथ्यहरूले सावित गरिरहेका छन् ।

माक्र्सवादको जन्म भएको केही समयपश्चात् नै दोस्रो अन्तर्राष्ट्रिय संशोधनवादी (बर्नस्टीन, काउत्स्की र प्लेखानोभ) हरू जो माक्र्स–एङ्गेल्सको मृत्युपछि अन्तर्राष्ट्रिय सर्वहारावर्गको नेता भएका थिए । उनीहरूले माक्र्सवादी विचारमाथि हमला गर्न सुरु गरे । अब हिंसात्मक क्रान्ति आवश्यक छैन । शान्तिपूर्ण तरिकाले समाजवाद आउँछ । पुँजीपतिको राज्यसत्तालाई ध्वस्त पार्नु हुँदैन बरु विकसित र सुदृढ गर्नु पर्दछ । यसरी माक्र्सवादी भएर माक्र्सवादको आधारभूत मान्यता सशस्त्र सङ्घर्ष र क्रान्ति र सर्वहारा अधिनायकत्व विरोध गरे । माक्र्स, एङ्गेल्सको मृत्यु भइसकेको थियो । लेनिनले दोस्रो अन्तर्राष्ट्रिय संशोधनवादका विरुद्ध सङ्घर्ष तीव्र पार्नुभयो । लेनिनले यो कुरा राम्रोसँग बुझ्नुभएको थियो कि संशोधनवाद माक्र्सवादको एक नम्बर बैरी हो ।

लेनिनले सर्वहारावर्गले सशस्त्र क्रान्ति गरेर राज्यसत्ता लिनुपर्दैन, कानुनी तरिकाले लडेर पुग्छ भन्ने संशोधनवादीको सातो खाँदै भन्नुभयो, “पुँजीपतिवर्गको जुवामुनि, तलव र कमारोपनको जुवामुनि गरिएको चुनावमा सर्वहारावर्गले बहुमत प्राप्त गर्नुपर्छ र त्यसपछि सत्ता प्राप्त गर्नुपर्छ भन्ने कुरा खाली फटाहा वा मूर्ख मानिसले मात्र सोच्न सक्दछन् । यो मूख्र्याइँ वा पाखण्डीको चरम सीमा हो । यो वर्गसङ्घर्ष र क्रान्तिको साटो पुरानो सत्ता र पुरानो व्यवस्थाको अधीनमा रही चुनावलाई अपनाउनु हो । लेनिनले सशस्त्र क्रान्तिको अनिवार्यतालाई प्रस्ट पार्दै वर्ग–समाजबाट बाहिर निस्कनका लागि वर्गसङ्घर्षबाहेक न त कुनै बाटो छ, न त हुन नै सक्छ । सर्वहारावर्गको अधिनायकत्वको बारेमा प्रस्ट पार्दै भन्नुभयो– “पुँजीपति व्यवस्थामा पुँजीपतिको अधिनायकत्व हुन्छ, जसले सर्वहारावर्गलाई दमन गर्छ । त्यस्तै समाजवादी राज्यसत्ता सर्वहारावर्गको अधिनायकत्व हुन्छ, जसले पुँजीवादको पुनस्र्थापना रोक्छ र समाजवादलाई सुदृढ गर्दछ ।” यो कुनै एउटा व्यक्तिको अधिनायकत्व होइन, लेनिन दोस्रो अन्तर्राष्ट्रिय संशोधनवादका साथै, आफ्नै देशका संशोधनवादी मेन्सेभिकहरू जस–जसले दोस्रो अन्तर्राष्ट्रिय संशोधनवादीहरूको विचार पछ्याएका थिए, हिंसात्मक क्रान्ति र सर्वहारा अधिनायकत्वको विरोध गरेका थिए । मेन्सेभिकहरू पुँजीपतिहरूलाई उद्योग खोस्न सघाएर सर्वहारावर्गको सङ्ख्या बढाइ राज्यसत्तामा अधिकार स्थापित गर्ने कुरा गर्थे । यो कम्युनिस्ट पार्टीलाई पुँजीवादी पार्टी बनाउने नीति थियो । सन् १९०५ को क्रान्ति भयो तर असफल भयो । लेनिनले बारम्बार जोड दिंदै भन्ने गर्नुहुन्थ्यो– संशोधनवादीहरूलाई पार्टीबाट ननिकाली पार्टी बन्न सक्दैन । रुसमा जब पार्टीबाट मेन्सेभिकहरू निकालियो, पार्टी बलियो र सुदृढ भयो अनि सन् १९१७ मा रुसमा क्रान्ति गरी सर्वहारावर्गले आफ्नो हातमा सत्ता लियो । संशोधनवादीहरूले हतियार उठाउन गल्ती भयो भनेका थिए तर महान् लेनिनले त्यसको प्रतिरोध गर्दै भने– त्यो सत्य होइन, बरु त्यसलाई अझ द¥होसँग समात्नुपर्दथ्यो ।

लेनिनले एकातिर संशोधनवादसँग लड्दै विजय प्राप्त गर्दै क्रान्ति सम्पन्न गर्नुभएको छ भने अर्कोतिर माक्र्सवादको सारतत्वलाई समात्दै रुसको विशेषतामा क्रान्तिको बाटो तयार गर्नुभएको छ । लेनिनले पुँजीवाद माक्र्सको अवस्थाको मात्र छैन, पुँजीवादको साम्राज्यवादमा विकास भएको, साम्राज्यवाद भनेको एकाधिकार पुँजीवाद नै हो । साम्राज्यवाद मरणासन्न पुँजीवाद हो । यो अब अगाडि बढ्न सक्दैन । साम्राज्यवादी युग सर्वहारावर्गले पूरा गर्ने समाजवादी क्रान्तिको पूर्व–बेला हो । संसारभरका उत्पीडित र सर्वहारालाई सङ्घर्ष गर्न आह्वान गर्नुभयो । त्यसका विरुद्धमा संशोधनवादी लागे, सन् १९१४ मा भएको प्रथम विश्वयुद्धमा पितृभूमिको रक्षाको नाममा साम्राज्यवादीलाई सघाए । साम्राज्यवादीले आफ्नो नाफाको लागि युद्ध गरेको हुँदा, साम्राज्यवादी युद्धलाई गृहयुद्धमा फेर्ने र साम्राज्यवादीलाई सहयोग नगर्ने आह्वान गर्नुभयो । लेनिनले एउटै देशमा पनि समाजवाद ल्याउन सकिन्छ, जहाँ साम्राज्यवाद कमजोर छ भन्नुभयो तर ट्राटस्की लगायत संशोधनवादीहरूले एउटै देशमा समाजवाद ल्याउने कुराको निकै विरोध गरे तर लेनिनले क्रान्तिकारी पार्टी निर्माण गरी सशस्त्र विद्रोहमार्पmत मजदुर र किसानको एकतामा समाजवादी सत्ता प्राप्त गर्नुभयो ।

लेनिनको मृत्युपश्चात् स्टालिनले नेतृत्व जब लिनुभयो, संशोधनवादको विरुद्ध सशक्त ढङ्गले लड्नुभयो तर १९५३ मा स्टालिनको पनि मृत्यु भयो । त्यसपछि ख्रुश्चोभ सन् १९५४ मा सत्तामा आए । संशोधनवाद सत्तामा आउनु भनेको पुँजीवाद सत्तामा आउनु, पुँजीवादकै दोस्रो रूप हो । ख्रुश्चोभको संशोधनवाद आधुनिक संशोधनवाद थियो, जसले माक्र्सवाद–लेनिनवादको सिद्धान्त मान्दै अगाडि बढेको वकालत गर्दछ तर उसै सिद्धान्त र मान्यताको विरुद्धमा उत्रन्छ । ख्रुश्चोभले तीन ‘स’ को सिद्धान्तलाई अगाडि बढाए– शान्तिपूर्ण सङ्क्रमण, शान्तिपूर्ण प्रतिष्पर्धा र सहअस्तित्व । ख्रुश्चोभी संशोधनवादबारे माओ भन्नुहुन्छ– रुसमा विस्तारै–विस्तारै देखापरेका नोकरशाही उत्तराधिकारी पुँजीपतिहरू नै संशोधनवादको सामाजिक आधार हुन् । यी यस्ता पुँजीपतिवर्ग हुन्, जसले सत्ता हत्याएका छन् । रुसका सर्वहारा साथै, अरू देशलाई उत्पीडन गरेकाले संशोधनवादीले सामाजिक साम्राज्यवादको रूप लिएको छ । त्यसकारण अब साम्राज्यवाद सँगसँगै सामाजिक साम्राज्यवादको मृत्युको घन्टी बजिरहेको छ । संशोधनवाद सत्तामा आउनुको अर्थ पुँजीवाद सत्तामा आउनु हो । आजको रुसमा बुर्जुवा अधिनायकत्व लागू गरिन्छ । त्यसकारण यी संशोधनवादीहरू क्रान्तिको साटो प्रतिक्रियावादीले झैँ शान्तिको कुरा गर्छन् र भन्छन्– अब साम्राज्यवादीहरू पनि शान्ति चाहन थालेका छन् । सशोधनवादको भद्दा नमूना, सबै जनताको पार्टी र सबै जनताको राज्य भन्ने निष्कर्ष निकाले, जसले गर्दा सोभियत राज्य सर्वहारावर्गद्वारा पुँजीपतिमाथि अधिनायकत्व लागू गर्ने मुलुक रहेन, बरु उल्टो बुर्जुवाहरूले नै सर्वहारावादी हुकुम चलाउने मुलुकमा बदलियो । जनता शोषितमा बदलिए भने पुँजीपतिहरू शासन गर्ने ठाउँमा पुन स्थापित भए । यसरी संशोधनवादले पुँजीवादको पुनस्र्थापना गरायो ।

चीन अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक थियो, जहाँ किसानको बाहुल्यता थियो । रुसको भन्दा भिन्न परिस्थिति र अवस्था चीनको थियो । चीनजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा भिन्न प्रकारले क्रान्तिको बाटो तयार गर्नुपर्ने र क्रान्ति अगाडि बढ्ने कुरा स्वाभाविकै थियो । फलस्वरूप माओले नौलो जनवादी क्रान्ति गर्नुपर्ने निष्कर्ष निकाल्नुभयो । जहाँ सामन्तवाद र साम्राज्यवादका दुई ठूला सत्रुलाई पराजित गरेर मात्र नौलो जनवादी व्यवस्था ल्याउन सकिन्थ्यो तर चीनमा पनि कुन बाटो अपनाउने भन्नेमा बहस भयो । रुसको बाटोबाट अगाडि बढ्नुपर्छ भन्ने धारको नेतृत्व लिलिसानले गरे, जुन नौलो जनवादी क्रान्तिका विरोधी मत थियो । गलत कार्यदिशाको कारण आन्दोलनले धोका खायो, क्षतविक्षत भयो । अनि माओले बँचेको शक्ति लिएर लम्बे–अभियान सुरु गरे । चीनजस्तो मुलुकमा गाउँबाट सहर घेर्ने रणनीति अगाडि बढ्दै केन्द्रीय सत्ता कब्जा गर्नुपर्दछ भन्ने बाटो तयार गरे । त्यहीअनुरूप अगाडि बढ्दै सन् १९४९ मा क्रान्ति सम्पन्न भयो । त्यसपछि सन् १९५१÷०५३ मा पुग्दासम्म पार्टीभित्र खराबीहरू देखापर्न थाले । सन् १९५१ भ्रष्टचारी, बर्बादी र नोकरशाहीभित्र खराबी सन् १९५२ निजी औद्योगिक प्रतिष्ठान घुसखोरी, कर छली र राज्यको सम्पत्ति चोरी–ठेक्कापट्टा आर्थिक चुहावटजस्ता समस्या देखेपछि माओले पुँजीवादी मुख्यालयमा बम बर्साऊ भन्ने कुरा उठाउनु भयो । सन् १९६६–१९७६ सम्म सर्वहारा सांस्कृतिक क्रान्ति चलाउनुभयो । जसको उद्देश्य पुँजीवादी बाटो लिएका सत्ताधारीविरुद्ध लड्नु मुख्य कार्यभार त हो तर यो नै उद्देश्य होइन । उद्देश्य भनेको विश्वदृष्टिकोणको समस्या समाधान गर्ने, संशोधनवादको जरा उखेल्ने प्रश्न हो । साथै, माओले सन् १९५६ मा समाजवाद घोषणा गरे तर देङ स्यायो पिङहरूले त्यसको विरोध गरे । देङ स्यायो पिङले ल्यू शाओचीकै बाटो समाते । यसरी सुरुदेखि नै एकातिर ख्रुश्चोभ वा संशोधनवादको विरुद्ध लड्दै अर्कोतिर देशभित्रका वाम, मध्य, दक्षिण प्रवृत्तिको विरुद्ध लड्दै क्रान्तिलाई सफल बनाउँदै समाजवाद लागू गर्ने ठाउँमा चीन पुग्यो । एङ्गेल्सले भनेझैँ ‘सबै ठाउँमा सर्वहाराको विकास आन्तरिक सङ्घर्षको बीचबाट हुन्छ र जब माक्र्स र मजस्ता जसले जीवनभर अरू कोहीसँग भन्दा तथाकथित समाजवादीहरूविरुद्ध सङ्घर्ष ग¥यौँ र हामीले बुर्जुवालाई वर्ग मान्दथ्यौँ र व्यक्तिगत बुर्जुवासँगको सङ्घर्षमा हामीलाई कहिल्यै समावेश भएनौँ । अवश्यम्भावी सङ्घर्ष सुरु भएकोमा कसैले गहिरो दुःख मात्र मान्न सक्दैन, (अगस्त बेबेललाई फ्रेडरिक एङ्गेल्सको पत्र, २८ अक्टोबर १८८२) । एङ्गेल्सले जे भन्नुभयो चीन पनि, चीनको पार्टीमा पनि निरन्तर सङ्घर्ष गर्दै पार्टीभित्रका गलत प्रवृत्ति अझ संशोधनवादी प्रवृत्तिका विरुद्ध लड्दै विजय हुँदै सफलतामा पुग्यो । माओको नेतृत्व हुँदा समाजवादमा रहेको चीन, माओको मृत्युपश्चात् पुनः पुँजीवादको पुनस्र्थापना हुने स्थितिमा पुग्यो ।

नेपालमा २००६ सालमा पुष्पलालको नेतृत्वमा कलकत्तामा कम्युनिस्ट पार्टीको स्थापना भएको हो । त्यसले सुरुमै सामन्तवाद, साम्राज्यवाद विरोधी सङ्घर्ष गर्ने र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने नीति लियो । आफ्नो शैशवकालमा नै नेपाल कम्युनिस्ट पार्टी राणा विरोधी आन्दोलनमा उभियो । राणा, कांग्रेस र दरबारबीचमा दिल्लीमा नेहरूको स्वार्थ र योजनामा ‘दिल्ली सम्झौता’ भएपछि नेकपाले त्यसको सशक्त विरोध ग¥यो । मुक्ति सेनाका डा. केआई सिंह, एकदेव आले, रामप्रसाद राईहरूले दिल्ली सम्झौताको विरुद्ध विद्रोह गरे । उता भारतीय स्वतन्त्रता आन्दोलनमा सुभासचन्द्र बोसको मुक्ति संग्राममा भाग लिएका भीमदत्त पन्तको नेतृत्वमा पश्चिम नेपालको कैलाली, डडेल्धुरा, डोटीमा किसान विद्रोह भयो । केआई सिंहको समूहले सिंहदरबार कब्जा ग¥यो र सो विद्रोह पनि दबाइयो । यी घटनालाई आधार बनाएर राणा–कांग्रेस सरकारले २००८ सालमा नेकपामाथि प्रतिबन्ध लगायो । त्यसबेला विश्व कम्युनिस्ट आन्दोलनमा चीन र सोभियत सङ्घको बीचमा महान् बहस चलिरहेको थियो । त्यसको प्रभाव नेकपामा पनि पर्न थाल्यो । मनमोहन अधिकारी, केशरजङ्ग रायमाझी, विष्णुबहादुर मानन्धर, तुलसीदास अमात्यहरू ख्रुश्चोभको संशोधनवादी बाटोमा लागे । पुष्पलाल, नरबहादुर कर्माचार्यहरू चीनको धु्रव र क्रान्तिकारी माक्र्सवादको पक्षमा रहे ।

२०१० सालमा नेकपाको प्रथम महाधिवेशन भयो । संस्थापक महासचिव पुष्पलाललाई रहस्यमय तरिकाले मूल नेतृत्वबाट हटाइयो । त्यसपछि ख्रुश्चोभी धाराका मनमोहन अधिकारी नेकपाको महासचिव भए । अधिकारीले ‘संवैधानिक राजतन्त्र र संसदीय व्यवस्था मान्ने’ सर्तनामा गरेपछि २०१२ सालमा नेकपामाथिको प्रतिबन्ध हटाइयो । यसरी अधिकारीको उदयसँगै नेकपाको नेतृत्वमा दक्षिणपन्थी धारा हावी भएर गयो ।
कम्युनिस्ट पार्टीको नेतृत्वमा दक्षिणपन्थी तत्वले कब्जा जमाएपछि वर्गसङ्घर्ष र जनसङ्घर्षमा त्यसको नकारात्मक प्रभाव प¥यो । २०१२ साल आसपासमा मध्य–तराई (बारा–पर्सा–रौतहट–सर्लाही) मा सामन्तहरूका विरुद्ध किसान विद्रोह भयो । किसानहरू घरेलु हतियार बोकेर उत्रिएका थिए । कम्युनिस्ट पार्टीका नेता मनमोहन अधिकारीले चीनबाट (उपचारको लागि चीनमा थिए) नै किसान विद्रोह ‘पार्टी नीतिविरुद्ध अतिवादी भएकोले तत्काल रोक्न’ निर्देशन गरे । रुसमा ख्रुश्चोभले ‘जारका प्रतिनिधि र अमेरिकासँग’ सहकार्य गरिरहेको बेला नेपालमा मनमोहनले ‘देशीय सामन्त र भारतीय विस्तारवादसँग आत्मसमर्पण’ गरेका थिए । त्यसपछि वर्गसङ्घर्ष र जनसङ्घर्षले गति लिन सकेन ।
२०१४ सालमा दोश्रो महाधिवेशनका महासचिव केहरजङ्ग रायमाझी दरबार पसे । त्यसपछि कम्युनिस्ट आन्दोलन झनै दिशाविहीन बन्न पुग्यो । २०१९ मा भएको तेस्रो महाधिवेशनमा टीएल र पीएलले अलग–अलग दस्तावेज पेस गरे । कार्यदिशा पुष्पलाल (पीएल) को पारित भयो तर पार्टी महासचिव भने टीएल (तुलसीलाल) भए । नेता र नेतृत्वको बीचमा अन्तर्विरोध भयो । दक्षिणपन्थी दिशा रोकिएन ।

२०२५ सालसम्म पुग्दा टीएल र पीएलको बीचमा गुट–सङ्घर्ष तीब्र भयो । दक्षिणपन्थी नेतृत्व, रायमाझीको दरबार पलायन, चीन–रुस विवाद, पञ्चायतको दमनको कारण तेस्रो महाधिवेशन (२०१९) लगत्तै पार्टी विघटनको अवस्थामा पुग्यो । त्यही दशकमा पुष्पलालले पार्टी पुनर्गठन गर्ने र जनसङ्घर्ष उठाउने कोसिस गरे तर पुष्पलालको नेपाली कांग्रेसलाई राष्ट्रिय पुँजीपतिवर्गको प्रतिनिधि (चीनको डा. सनयात सेन नेतृत्वको कोमिङताङ पार्टीजस्तै) ठान्ने भएकोले ऊसित संयुक्त मोर्चा कायम गरेर जनसङ्घर्ष उठाउने नीति लिए । कांग्रेस राष्ट्रिय पुँजीपतिवर्गको पार्टी नभएर दलाल पुँजीपतिवर्गको पार्टी थियो र गाउँ–गाउँमा कांग्रेस नै सामन्त र जालीफटाहा थिए । नियत राम्रो हुँदाहुँदै पनि कांग्रेसलाई हेर्ने गलत चिन्तनको कारण पुष्पलाल नेतृत्वको नेकपा पनि विघटनजस्तै भयो ।

२०२८ सालमा मोहनविक्रमको नेतृत्वमा पार्टीलाई केन्द्रित गर्ने उद्देश्यले ‘केन्द्रीय न्युक्लियस गठन’ भयो । जसमा एमवी, निर्मल लामा, जयगोविन्द शाह, मोहन वैद्यलगायत थिए । त्यसैको आयोजनामा २०३१ सालमा चौथो महाधिवेशन भयो । त्यसले एमवीलाई महामन्त्री र कार्यक्रम (नेपाली क्रान्तिको निम्नतम् कार्यक्रम) ‘देशभक्त तथा जनतान्त्रिक शक्तिको सरकार’ पारित ग¥यो । कैयौँ सकारात्मक पक्षहरू भए पनि चौथो महाधिवेशनले नयाँ जनवादी क्रान्तिलाई नेपाली क्रान्तिको तत्कालीन कार्यक्रम बनाउन सकेन र सुदुर भविष्यमा छोडिदियो । त्यसरी त्यसले पनि क्रान्तिकारी कार्यदिशा बनाउन सकेन ।

२०४१ सालमा पाँचौँ महाधिवेशनले नैतिक विषयमा एमवीलाई कारबाही गरेपछि मोहन वैद्य ‘किरण’ महामन्त्री भए । त्यसले नयाँ जनवादी क्रान्तिलाई तात्कालिक कार्यक्रम बनायो तर त्यसले चौमको धङधङी कायम राख्दै ‘सत्ता जनताको हातमा’ नारा दिइयो । २०४७ सालमा नेकपा (मशाल), नेकपा (चौम), सर्वहारावादी श्रमिक सङ्गठन र नेकपा (विद्रोही मसाल) बीच पार्टी भयो त्यसपछि एकता महाधिवेशन (पछि त्यसलाई छैठौँ महाधिवेशन भनियो) भयो । त्यो महाधिवेशनले प्रचण्डलाई मुख्य नेतृत्वमा ल्याइयो । दीर्घकालीन जनयुद्धको कार्यदिशासहित नयाँ जनवादी क्रान्ति तात्कालिक कार्यक्रम हुने घोषणासहित तत्काल जनयुद्ध सुरु गर्ने निर्णय लिइयो । छैठौँ महाधिवेशनले २०१२ सालदेखिको संशोधनवाद, सुधारवाद, जडसूत्रवादमाथि निर्णायक विजय हासिल ग¥यो । नेपालमा महान जनयुद्ध सुरु भयो ।

पार्टीभित्र वर्गीय प्रवृत्तिहरू सङ्घर्षरत हुन्छन् । क्रान्तिकारी र दक्षिणपन्थी प्रवृत्तिहरू टक्करमा हुन्छन् । तत्कालीन नेकपा (माओवादी) भित्र पनि त्यो टक्कर थियो । २०५१ सालमा नेकपा (माओवादी) को दोस्रो राष्ट्रिय सम्मेलन भयो । त्यसले वैचारिक रूपमा ‘२१ औँ शताब्दीको जनवाद’ र राजनीतिक नारा ‘संविधानसभाको चुनाव’ पारित ग¥यो । एक्काइसौँ शताब्दीको जनवादलाई क्रान्तिकारीहरूले प्रतिक्रान्तिबाट शिक्षा लिने अर्थमा बुझेका थिए भने संशोधनवादीहरूले पार्टीलाई सुधारवादतिर धकेल्ने कोशेढुङ्गा बुझेका थिए । संविधानसभालाई सहर र मध्यम–वर्गमा पस्ने, शक्ति सञ्चय गर्ने अर्थमा क्रान्तिकारीहरूले बुझेका थिए भने दक्षिणपन्थी प्रवृत्तिले संसद्वादमा फर्कने अर्थमा बुझेको थियो । त्यही सम्मेलनले क. स्टालिनमाथि अस्वाभाविक हमला गरेको थियो तर युद्ध चलिरहेको कारण त्यति धेरै अविश्वास भएन । चुनबाङ बैठक हुँदै बृहद् शान्ति–सम्झौतासम्म पुग्दा प्रचण्ड–बाबुराम मण्डलीले दक्षिणपन्थी लाइन लिन पुगे भने किरण–विप्लवले क्रान्तिकारी लाइनको नेतृत्व गरे ।

२०६४ मा खरीपाटी भेला भयो । त्यसमा प्रचण्ड र किरणका दुई दस्तावेज प्रस्तुत भए । त्यहाँ सम्झौताको दस्तावेज पारित भयो । पालुङटार भेलासम्म पुग्दा आरसीपी, अमेरिकाको शब्दमा ‘प्रमाणित संशोधनवादी’ नारायणकाजी श्रेष्ठको मसालबाट फुटेको पार्टी थपिइसकेको थियो । प्रचण्डले त्यस्ता थुप्रै दक्षिणपन्थी तत्वलाई हुलेर जनयुद्धको प्रक्रियाबाट आएको क्रान्तिकारी पङ्क्तिलाई प्राविधिक रूपमा अल्पमतमा पारे । जनसत्ता र जनसेना विघटन गरियो । त्यसपछि २०६९ साल असार १–५ मा किरण विप्लवको नेतृत्वमा प्रचण्डसँग विद्रोह गरेर नेकपा–माओवादी गठन गरियो । बादल–गुरुङ मण्डलीको दक्षिणपन्थी पश्चगमन र क. किरणको अकर्मण्यताको कारण नेकपा–माओवादी अघि बढ्न सकेन । क्रान्तिकारी पङ्क्तिलाई प्रचण्डकै दैलोमा फर्काउने षड्यन्त्र हुन थाले । प्रचण्डसँग हुँदाकै बहस दोहोरियो । क. विप्लवको नेतृत्वमा शिवगढी भेलापछि २०७१ साल मंसिर ८ गते क. किरणसँग सम्बन्ध–विच्छेद गरियो ।

शिवगढी भेलाकै जगमा दाङ राष्ट्रिय सम्मेलन र आठौँ महाधिवेशन भए । आठौँ महाधिवेशन (थबाङ महाधिवेशन) ले क. विप्लवको नेतृत्व र एकीकृत जनक्रान्ति कार्यदिशा पारित ग¥यो । आज २०४८ मा जसरी नै संशोधनवादमाथि विजय प्राप्त भएको छ र नेपाली क्रान्ति अगाडि बढिरहेको छ । माओ त्से तुङले संशोधनवादसँग लड्न नाङ्गो आँखा पर्याप्त हुँदैन, दूरदर्शक यन्त्र र सूक्ष्मदर्शक यन्त्र (टेलीस्कोप र माइक्रोस्कोप) दुबै चाहिन्छ भन्नुभएको थियो । हामीले आफ्नै देशको अनुभव हेर्दा पनि त्यसरी बुझेर मात्र सबै प्रकारका अवसरवादलाई परास्त गर्न सकिन्छ ।

२०७५ असार २९ गते दिउँसाे  १ : ३५ मा प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :