सागरनाथ वन परियोजनामा शक्तिशाली बम विस्फोट

फाइल : तस्वीर

सर्लाही : सागरनाथ वन परियोजना परिषरमा दुई वटा शक्तिशाली बम विस्फाेट भएको छ । सर्लाही जिल्लाको वागमती नगरपालिका १० स्थित उक्त परिषरमा शुक्रबार बिहान दुई पटक विस्फोट भएको स्थानीयबासीले जानकारी दिएका छन् । उक्त वन परियोजनामा केही महिना अगाडि विस्फोट भएको थियो भने सो वन परियोजनाले सुकुम्वासी बस्तिबाट उठाउन मुख्य भुमिका खेल्दै आएको छ ।
२०७५ असार २९ गते बिहान १० : ४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :