नेकपाका दुई नेता-कार्यकर्ता रिहा

काठमाडौँ : नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाज अन्तर्गत रहेको नुवाकोट–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च समाजका अध्यक्ष नरोतम पाण्डे बिहीबार बालाजु चौकीबाट रिहा भएका छन् । उनलाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ लगायत चार दर्जन भन्दा बढि नेकपाका नेताकार्यकर्तालाई प्रहरीले असार १६ गते शनिबार पक्राउ गरेको थियो । जनगणतान्त्रिक सम्पर्क मञ्च समाजद्वारा आयोजीत क्रान्तिकारी धु्रवीकरण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।
त्यस्तै नेकपा भक्तपुरका कार्यकर्ता राकेश श्रेष्ठ रिहाई भएका छन् । उनलाई भक्तपुर जिल्ला प्रशासनले ३५ हजार धरौटीमा रिहा गरेको समाचार प्राप्त भएको छ । श्रेष्ठलाई महिनौं दिन अगाडि प्रहरीले भक्तपुरको मध्यपुरथिमी नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ माथि वैशाख १२ गते शनिबार भएको आक्रमणको आरोपमा बिनाकारण गिरफ्तार गरिएको थियो ।

२०७५ असार २८ गते बेलुका ९ : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :