जेलमुक्त नेतालाई नेकपाको भव्य अभिनन्दन

मोरङ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कोसी ब्युरो इन्चार्ज किरण राई, धनकुटा इन्चार्ज माधव गौतम र दिप्सन लिम्बूलाई उक्त पार्टीको पूर्वी कमान्डले बुधबार भव्य अभिनन्दन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका नेकपाका पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले राजबन्दीहरूको जेलयात्रा सफल भएको र यसले एकीकृत जनक्रान्तिको अगाडिको यात्रा सफल हुने बताएका थिए । कार्यक्रममा नेकपा मेची ब्युरो इन्चार्ज सुमन र केन्द्रीय सदस्य देवनारायण शाहले शुभकाकना मन्तव्य राखेका थिए । राजबन्दीहरूले अनुभूति मन्तव्य राखेका थिए । त्यस्तै मोरङ इन्चार्ज पुष्कर र सुनसरी इन्चार्ज प्रज्वलले मुक्त राजबन्दीलाई पुस्तक उपहार दिएका दिए ।
कार्यक्रममको अध्यक्षता सगरमाथा ब्युरो इन्चार्ज दीपेश, सञ्चालन जनकपुर ब्युरो इन्चार्ज सन्देश र कोसी ब्युरोका कार्यवाहक इन्चार्ज निर्मलले स्वागतले गरेका थिए । २०७५ असार २७ गते साँझ ६ ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :