शिक्षक सङ्गठनद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सङ्गठनका पूर्वअध्यक्ष गुणराज लोहनी ‘मुकुन्द’ की आमा विष्णुदेवी लोहनीको २०७५ साल असार २१ गते बिहीबार चितवनको कलेज अफ मेडिकल साइन्समा ७५ वर्षको उमेरमा भएको निधनप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ । सङ्गठनका अध्यक्ष घनश्याम पाठक र महासचिव रमेश रूपाखेतीले मङ्गलबार विज्ञप्ति जारी गर्दै गुणराज लोहनी र शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गर्नुभएको छ ।
२०७५ असार २७ गते दिउँसो १२ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :