अमेरिका विरुद्ध मोर्चा कस्दै चीन र जर्मनी

काठमाडौँ : अमेरिकाले विदेशी सामानमा २५ प्रतिशत ट्याक्स बढापछि चीन र जर्मनीले त्यासको काउण्टर गर्न नयाँ घोषणा गरेका छन् । सोमबार जर्मनीको राजधानी बर्लिनमा चिँनिया प्रधानमन्त्री लि केक्वीयाङ र जर्मन चान्सलर एङ्गेला मर्केलले असुरक्षित संरक्षणवादको विरोध र शान्ति, स्थायी र सन्तुलित वैदेशिक आर्थिक वृद्धिलाई बढावा दिन बहुपक्षीय नियमहरूमा आधारित खुला व्यापार प्रणालीको रक्षा गर्ने कुरामा सहमत भएका छन् ।

दुवै देशले वित्तिय र अर्थतन्त्रको विकासको लागि उच्च स्तरको वित्तीय संवाद र आर्थिक नीति तथा निर्माण गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन् । त्यस्तै दुई देशको अर्थव्यवस्था, व्यापार र लगानी मा द्विपक्षीय सहयोगका लागि पनि सहमत भएका छन् ।

दुई सरकारहरूले दुवै देशका कम्पनीहरूको लागि सहयोग सम्बन्धी प्लेटफर्मको निर्माण गर्ने र थप अनुकूल व्यवसायिक वातावरण सिर्जना गर्ने सहमती गरेका छन् । जर्मनीले चीनलाई पहिलो चीन अन्तर्रा्ष्ट्रिय आयात एक्सपोमा भाग लिन निम्तो दिने र लगानी विस्तार गर्न जर्मनीले स्वागत गर्नेछ भने बेजिङ्गले जर्मन कम्पनीहरूलाई चीनको केन्द्रीय र पश्चिमी क्षेत्रहरूमा लगानी गर्न र कारखानाहरू स्थापना गर्न प्रोत्साहन गर्ने सहमती गरेका छन् ।

यसबाहेक, दुई देशले वातावरणीय शासन, ऊर्जा बचत, जैव विविधता संरक्षण जस्ता जलवायु परिवर्तनको सामना गर्न भुमण्डलीकरणका चुनौतीहरूको सामना गर्न संयुक्त पहल गर्ने कुरामा समेत सहमत भएका छन् । त्यस्तै चीनले चिनियाँ र विदेशी कम्पनी दुवै क्षेत्रलाई आफ्नो क्षेत्रमा समान रूपमा व्यवहार गर्नुका साथै बौद्धिक सम्पदा अधिकारको सुरक्षा बढाउने प्रतिबद्धता समेत गरेको छ ।

लि र मार्केलले कृषि, शिक्षा, स्वास्थ्य सेवा, रासायनिक उद्योग, दूरसंचार, ओटोमोबाइल उद्योग र ओटोप्लिट जस्ता क्षेत्रहरूमा दुई पक्षीय सहयोगी कागजातको श्रृंखलामा हस्ताक्षर समेत हस्ताक्षर गरेका छन् । यो अघि अमेरिकाले युरोपियन युनियन र अन्य विदेशी सामानमा भारी मात्रमा कर बढाएपछि जर्मनी र चीन एक ठाउँमा उभिएका छन् ।
२०७५ असार २६ गते दिउँसो २ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :