क्रान्तिको नारा उराल्दै युरोपका माओवादीहरू पेरिसमा उत्रिए (फोटोसहित)

पेरिस (फ्रान्स) : संसारभर मालेमावादी सङ्घर्ष नयाँ शिराबाट उठिरहेको समयमा युरोपलाई पनि यसले लपेट्न सुरु गरेको छ । पुँजीवाद र साम्राज्यवादको अन्त्य गरी समाजवादी राज्यव्यवस्था स्थापना गर्ने उद्घोषसहित फ्रान्सको राजधानी पेरिसमा युरोपका कयौँ देशका माओवादीहरूले व्यापक प्रदर्शन गरेका छन् । उनीहरूले प्यालेस्टिनीहरूको आन्दोलनको समर्थनमा जुलुस निकालेका भए पनि यसको अन्तर्य माओवादी सङ्घर्ष उठाउनु रहेको विश्लेषण गरिएको छ । प्रदर्शनमा फ्रान्ससहित, इटाली, जर्मनी, आयरल्यान्ड, नेदरल्यान्ड, अस्ट्रियाका साथै टर्कीका कयौँ माओवादी क्रान्तिकारीहरूको उपस्थिति थियो ।

युरोपेली माओवादी कम्युनिस्टहरूले हाल फ्रान्सको जेलमा नजरबन्दमा रहेका लेबनान मुक्तिका लागि सशस्त्र सङ्घर्षका अगुवा जर्जेज इब्राहिम अब्दुल्लाहको रिहाइको माग पनि गरेका थिए । ‘प्यालेस्टाइन मुक्तिका लागि सशस्त्र सङ्घर्ष जिन्दावाद’ लगायत नारा लगाएर सयौँ क्रान्तिकारीहरूले ब्यानरसहित जुलुस निकालेका छन् ।

अठारौँ शताब्दीको उत्तराद्र्धमा फ्रान्सको पेरिसमै मजदुरहरूले माक्र्सवादको पहिलो प्रयोग गर्दै सत्ता कब्जा गरेका थिए । ७२ दिनसम्म टिकेको पेरिस कम्युन प्रतिक्रियावादी शासकहरूले भीषण दमन र हत्या गरेपछि विघटन भएको थियो । त्यसपछि रुसमा महान् लेनिनको नेतृत्वमा सशस्त्र सहरी विद्रोह अर्थात् महान् अक्टोबर क्रान्तिको माध्यमबाट माक्र्सवादको सफल प्रयोग र लेनिनवादको विकास भएको थियो ।

माक्र्सवाद र कम्युनिज्मको नामसमेत लिन नपाइने फ्रान्सको मुटुमै युरोपभरका मालेमावादीहरूले सशस्त्र क्रान्तिका पक्षमा नारा लगाउँदै विशाल जुलुस प्रदर्शन गरेपछि एउटा लहर उत्पन्न भएको छ ।

२०७५ असार २५ गते सोमबार दिउँसाे १२ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :