‘तमुवान प्रदेश’ माग्दै आज तमुवान क्षेत्र बन्द

फाइल : तस्वीर

कास्की : तमुवान प्रदेश माग गर्दै तमुवान पक्षधरहरूले सोमबार तमुवान क्षेत्र बन्द गराएका छन् । सरकारमा रहेको संसद्वादी नेकपा पक्षधरसांसदले केही दिनअघि बहुमतको आडमा कथित चार नम्बर प्रदेशलाई गण्डक प्रदेश नाम राख्ने निर्णय गरेपछि तमुवान पक्षधर सङ्घर्षमा होमिएका हुन् । प्रदेशको नामकरण तमुवान हुनुपर्ने नारा अघि सारिएको भए पनि तमुवान राज्यकै माग उठिरहेको आन्दोलनमा सहभागीहरूले बताएका छन् । पार्टीगत रूपमा आन्दोलनको अगुवाइ कसैले गरेको नदेखिए पनि बन्दका पक्षमा हिजोदेखि नै तमुवान राज्यका पक्षमा रहेका व्यक्ति र विशेषगरी तमुहरू क्रियाशील देखिएका छन् ।

फाइल : तस्वीर

नाम मात्रको सङ्घीयता र गणतन्त्र रहेको वर्तमान सरकारमा रहेका संसद्वादीहरू जनताको मतको सम्मान गर्नेतिर भन्दा सङ्घीयता र गणतन्त्रका नाउँमा जनतामाथि दमन गर्नेतिर उद्यत देखिएपछि तमुलगायत सबै उत्पीडित–दमित पक्षहरू सङ्घर्षमा उत्रिने क्रम बढिरहेको छ । बन्दका कारण सोमबार तमुवान क्षेत्र पूरै प्रभावित बनेको छ ।
२०७५ असार २५ गते सोमबार  दिउँसाे १२ :१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :