रुसी खेलाडी राष्ट्रनायक हो – राष्ट्रपति पुटिन

काठमाडौँ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका खेलाडीले सेमीफाइनलमा हारेपनि ‘राष्ट्रनायक’ भएको बताएका छन् । शनबिार राति भएको खेलमा क्रोएसियासँग पेनाल्टीमा ४–३ गोलबाट रुस पराजित भएपनि खेलाडीहरुको प्रशंसा भइरहेको बेला पुटिनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यो हारसँगै रुसको विश्वकप ब्रेक लागेको छ । तरपनि खेलाडीले प्रदर्शन गरेका कुशलताले देशकै इज्जत बढाएको भन्दै रुसभरी प्रसंशा भइरहेको छ ।
विश्वकपमा सहभागी भइरहँदा रुस सहभागी टोलीमध्ये फुटबल वरीयताको पुछारमा थियो । यति ठूलो अपेक्षा गरिएको थिएन । तर फुटबलका महाशक्ति राष्ट्रहरू जर्मनी, ब्राजिल र स्पेनभन्दा पछि मात्रै आउट भयो । यसले रुसलाई उत्साहित बनाएको हो ।

सेमीफाइनलको लागि भएको खेलको निर्णायक पेनाल्टीमा १ सय १५ मिनेटमा टाउकोमार्फत गोल गरेर खेललाई बराबरीमा ल्याएका मारिओ फर्नान्डेसले मौका गुमाएका थिए । बार्सिलोना क्लबबाट खेल्ने क्रोएसियाका मध्यपङ्क्तिका खेलाडी इभान राकिटिकले गल्ती नगरी गोल गरेपछि रुसको प्रेरणादायी विश्वकप यात्रा समाप्त भएको थियो ।

पेनाल्टीमार्फत गोल गर्ने बित्तिकै अन्तिम १६ को पेनाल्टी प्रहारमा क्रोएसियाले डेनमार्कलाई हराउँदाको जस्तै दृश्यहरू देखिएका थिए । तर हारपछि पनि रुसी समर्थकहरूले ताली बजाएर आफ्नो टोलीप्रति सम्मान व्यक्त गरेका थिए ।अन्तिम सिटी बजेपछि त झन् उनीहरूले अझ ठूलो स्वरमा कराउँदै टोलीलाई सान्त्वना दिएका थिए ।

ब्राजिलमा जन्मिएका फर्नान्डेसअघि नै रुसका अर्का खेलाडी फेडोर ःमोलोभले कमजोर किसिमको पेनाल्टी प्रहार गरेका थिए जसलाई क्रोएसियाका गोलरक्षकले सजिलै जोगाएका थिए । रुसी गोलरक्षकले पनि क्रोएसियाली खेलाडीको एउटा प्रहार उत्कृष्ट ढङ्गले रोकेका थिए ।

सन् १९७० को सोभियतकालीन समययता पहिलो पटक विश्वकपमा क्वार्टरफाइनलमा पुगेको रुसले डेनिस चेरिसेभको यो विश्वकपकै सर्वा्धिक राम्रोमध्येको गोलका मद्दतले क्रोएसियाविरूद्ध अग्रता लिएको थियो ।
२०७५ असार २४ गते  मध्यान्न १२ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :