भारतमा गोली चल्यो, गोलीबाट विद्यार्थीसहित तीन जनाको मृत्यु

श्रीनगर : भारत नियन्त्रित कश्मीरमा फेरी हिंसा भड्किएको छ । शनिबार काश्मीरको कुल्गाम जिल्लाको दक्षिणमा पर्ने हाउरा मिसिपोरा गाउँमा भारतीय सुरक्षा फौँजले प्रदर्शनमा उत्रिएका गाउँलेमाथि अन्धाधुन्ध गोली चलाउँदा १५ बर्षीय विद्यार्थी बालिका सहित तीन जनाको मृत्यु भएको अलजनिराले जनाएको छ ।
कुल्गाम निवासी एक महिला मुस्हता अहमदले भनिन् भारतीय सुुरक्षा फौँज एका एक गाँउमा पसेर स्थानीय जनतालाई कुटपिट गर्न थाले त्यसपछि जनताले प्रतिकार गरेपछि अन्धाधुन्ध गोली बर्सायो । तर भारतीय श्रीनगर सुरक्षाकर्मीका प्रवक्ताले भनेका छन् सेनामाथि पेट्रोल र ढुङ्गाामुडा गरियो त्यसपछि सो घटना घट्न गयो ।
भारत नियन्त्रित काश्मीरमा लामो समयदेखि आत्म निर्णयको अधिकारको माग गर्दै त्यहाँका जनता संघर्षमा उत्रिदै आएका छन् । संयुक्त राष्ट्रसंघले पनि भारतलाई जनताको आत्म निर्णयको अधिकारको सम्मान गर्नका लागि निर्देशन दिइसकेको भएपनि अहिलेसम्म भारत सरकारले बन्दुकले दबाउँदै आएको छ । सन् २०१६ देखि अहिलेसम्म काश्मीरमा ईण्टरनेट सेवा पूर्णरुपमा बन्द गरिएको छ । शनिबारको घटनापछि काश्मीरमा ठूलो हिंसा भड्किन सक्ने देखिएको छ ।
२०७५ असार २४ गते आइतबार दिउँसो १ ः ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :