बेपत्ता योद्धा खोज सभा कार्यक्रम सम्पन्न , बेपत्ता नागिरकलार्इ सार्वजनिक गर : अास्था

पोखरा : राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज कास्कीले पोखरामा बेपत्ता योद्धा खोज सभा शनिबार सम्पन्न गरेको छ । बेपत्ता योद्धा सोमबहादुर विक ‘ज्योति’लाई दश वर्षे जनयुद्धको समयमा तत्कालीन शाही सेनाले गिरफ्तार गरी बेपत्ता पारेको दिनको सम्झनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी नेकपाकी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ले राज्यमार्फत बेपत्ता पारिएका सोमबहादुर विकलगायत सम्पुर्ण नागरिकलाई शान्तिप्रक्रियामा आएको दुई दशक भइसक्दापनि सार्वजनिक गर्न नसक्नु राज्यको गैर जिम्मेवारीपन भएको बताएकी छिन् । इन्चार्ज आस्थाले राज्यबाट बेपत्ता भएकाहरुलाई सार्वजनिक गर्नुको सट्टा नेकपाका नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरेर बेपत्ता पार्ने कार्य गरेको भन्दै आपत्ति जनाएकी छिन् । साथै, बेपत्ता पारिएकाहरुलाई तत्काल सार्वजनिक गर्न माग गर्दै तत्काल रिहाइ गर्न पनि माग गरिएको छ । कार्यक्रममा अतिथिहरु जगन तिवारी ‘जगनबा), गकुल पराजुली पूर्ण पौडेलकी आमा मोतीमा पौडेल, बेपत्ता योद्धा ज्योतिकी आमा ओमकुमार विकलगायत छन् । कार्यक्रमको अध्यक्षता मनबहादुर, सञ्चालन कुमार परिवारले गरेका थिए ।

२०७५ असार २३ गते शनिबार बिहान ४ : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :