मुस्ताङमा ट्रिपर दुर्घटना / १९ मजदुरको मृत्यु, १३ जना घाइते

 

काठमाडौं : मुस्ताङको स्याङ्बोचेमा मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा कालिगण्डकी कोरिडोरमा कार्यरत १९ जना मजदुरको मृत्यु भएको छ । शुक्रबार मुस्ताङ जिल्लाको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा उक्त ट्रिपर दुर्घटना हुँदा घटनास्थलमा १५ जना र उपचारका लागि लैजाने तयारी हुँदाहुँदै ४ जनाको मृत्यु भएका छन् ।
कालीगण्डकी करिडोरको भेनादेखि झैते खण्डमा कार्यरत मजदुरहरु चढेकोे बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको समाचार प्राप्त भएको छ । मृत्यु हुनेमा ६ जना महिला र १३ जना पुरुष रहेका छन् । मृत्यु हुनेमध्ये रोल्पाका ९ जना र दाङका ५ जना रहेका छन् ।

रोल्पा थबाङ १ का २८ वर्षका सुकमान रोका, ३६ वर्षका मौसम घर्ती, थबाङ ५ कि ३१ वर्षकी जीतमाया घर्ती, २० वर्षकी सिर्जना मगर, २३ वर्षका रास्त्रे रोका, २३ वर्षकी जीतकुमारी पुन, १९ वर्षका महेश रोका, रोल्पा सुनछहारी १ की ३२ वर्षकी सुन्तु घर्ती र ३२ वर्षका राजकुमार पुन रहेका छन् ।

त्यस्तै दाङको राजपुर गाउँपालिका १ का २५ वर्षका कमल बुढा, ३० वर्षका बालकुमार घर्ती, राप्ती गाउँपालिका ३ कि ३१ वर्षकी कविता घर्तीमगर, ३५ वर्षका सुबेर चौधरी, राप्ती ९ कि ४३ वर्षकी शान्ति थापाको ज्यान गएका छन् ।
दुर्घटनामा धादिङका २३ वर्षका सुजन घलान, ओखलढुंगा चम्पादेवी गाउँपालिका २ का २० वर्षका जीवन माझी, कैलालीको नारायणपुर नगरपालिका ८ का २२ वर्षका बिन्ती घर्ती, कपिलवस्तुको कपिलवस्तु नगरपालिका १ का ३५ वर्षका कमान सिंह रोका र ःयाङ्जा अर्जुनचौपारी गाउँपालिका १ का २४ वर्षका कृष्ण क्षेत्रीको पनि मृत्यु भएको छ ।

त्यस्तै घाइते भएका १३ जनामध्ये ७ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको छ । सामान्य घाइते ५ जना जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
२०७५ असार २घ गते बिहान ८ : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :