करेन्टले थारूको ज्यान लियो

बर्दिया : बर्दियाको गुलरियाबाट शान्तिचोक राजापुर जाने बाटोमा अधियाँ खेतमा काम गरिरहेका ४७ वर्षीय सोन तिरुवा थारूको करेन्ट लागेर ज्यान गएको छ । मधुवन नगरपालिका वडा नं ४ शान्तिचोकमा यादव कन्स्ट्रक्सन गुलरियाबाट सञ्चालित अशोक यादवले भाडामा लिएको ना. अ. प.३८३ को टिपरले तार चँुडाल्दा खेतमा काम गरिरहेका तिरुवा थारूको ज्यान गएको परिवार स्रोतले जनाएको छ । उक्त तार गिरीराज गौतमको घरबाट आशा चौधरीले आफ्नो घुम्ती पसलमा बाँसको खम्बा गाडेर लगेकी थिइन् । परिवारका सदस्यहरूले थारूलाई क्षतिपूर्तिका लागि १० लाख माग गरेका छन् तर सम्बन्धित पक्षले आनाकानी गरेको जानकारी उनीहरूले दिएका छन् ।

२०७५ असार २३ गते शनिबार बिहान ८: ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :