योङ रेड फोर्सद्वारा संगठन निर्माण तीव्र / रोल्पाको अध्यक्षमा पृथ्वी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन योङ रेड फोर्सले संगठन निर्माण तीव्र पारिरहेको बेला रोल्पामा जिल्ला पनि संगठन निर्माण सम्पन्न गरेको छ । सयौं क्रान्तिकारी युवाहरूको उत्साहपूर्ण जमघट रहेको रेड फोर्सको तेस्रो जिल्ला सम्मेलन रोल्पाको इरिबाङमा सम्पन्न भएको हो । सम्मेलनले पृथ्वीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जिल्ला सम्मेलनलाई नेकपाका इन्चार्ज र सेक्रेटरीले विशेष संवोधन गरेका थिए । संवोधनका क्रममा नेताहरूले रोल्पाले क्रान्तिकारी इतिहासलाई सधै बलियो बनाएर जाने भन्दै अबको एकीकृत जनक्रान्तिमा पनि ती क्रान्तिकारी रोल्पाली युवाहरूको भुमिका महत्वपूर्ण हुने बताए । राजधानी काठमाडौंमा बसेका दलाल र माफियाहरूलाई तह लगाउन रोल्पाबाट क्रान्तिकारी युवाहरूले आवश्यक परे जस्तोसुकै बलिदान गर्न तयार रहेको योङ रेड फोर्स रोल्पाले चेतावनी समेत दिएको छ ।
२०७५ असार २० गते बुधबार बिहान ९ : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :