जनकारबाही गर्ने निर्णय

बाँके : जनपरिषद् नेपाल बाँकेका अध्यक्ष कृष्णबहादुर शाहीले जिल्लाका सबै समस्यामाथि कडा निगरानी बढाउने, सबै प्रकारका जनविरोधी गतिविधिको गम्भीर अनुसन्धान र छानबिन गरी भण्डाफोर गर्ने र दोषीलाई कारबाही गरी आम जनतालाई न्याय प्रदान गर्ने निर्णय गरेको छ । शाहीद्वारा जारी प्रेसविज्ञप्तिमा हालै सम्पन्न जिल्ला जनपरिषद्ले उक्त निर्णय गरेको जनाइएको छ । जनअदालतमार्फत अन्यायमा परेका जनतालाई न्याय दिने जारी कार्यलाई थप प्रभावकारी बनाउने निर्णय लिइएको विज्ञप्तिमा जनाइएको छ । जनसरोकारसँग सम्बन्धित सबै काममा जनपरिषद्ले दृढतापूर्वक अघि बढ्ने निर्णय लिएको पनि उनले जनाएका छन् । उनले आफूहरुको न्यायपूर्ण अभियानमा लामबद्ध हुन, साथ, समर्थन र सहयोग गर्न आम न्यायप्रेमी जनसमुदाय एवम् सम्बन्धित सबैमा हार्दिक आह्वान गरेका छन् ।
२०७५ असार २० गते बुधबार बिहान १० :३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :