नेकपाद्वारा पहिरोबाट ज्यान गुमाएका पीडित परिवारलाई सहयोग


रोल्पा : रोल्पाको दक्षिणी भेगको सैबाङ गाउँमा आइतबार बिहान करिब दश बजेतिर घर भत्किँदा सुत्केरी आमा, शिशुसहित तीनको मृत्यु भएपछि शोकमा डुवेको परिवारजनलाई विप्लव नेतृत्वको नेकपाले आर्थिक सहयोग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी रोल्पा चार नं. जिल्ला इन्चार्ज जागृति, सेक्रेटरी पुस्तमान, रुन्टिगढी गाउँपालिका इन्चार्ज सन्देश र अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक शुसील परियार लगायतको टोली पीडितको घरमा पुगेर किरिया खर्चवापत १५ हजार आर्थिक सहयोग गरेको हो ।

अबिरल बर्षाका कारण रोल्पा रुन्टिगढी गाउँपालिका ५ सैबाङमा पहिरोले घर पुरि १८ दिने सुत्केरी कमला विक, १८ दिने शिशु आयुसा विक र कक्षा ८ मा अध्यनरत चित्र विकको मृत्यु भएको थियो । घटनापश्चात नेकपा रोल्पाले उद्दारका लागी कार्यकर्ता परिचालन गरेको थियो ।

माथिल्लो घर आँगनको गाह्रो भत्किएर विश्कर्माको घर पुरिएको थियो भने सुत्केरीलाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो र शिशुसहित दुईको घटनास्थलमै मृत्यु भएको हो । पीडितको अवस्था भयावह रहेकोले आगामी दिनमा पार्टीले थप सहयोग गर्ने सेक्रेटरी पुस्तमानले बताए ।
२०७५ असार १९ गते साँझ ६ : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :