बाढीले नवलपरासीमा १७० घर डुबानमा

काठमाडौँ : गएरातिदेखि अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिकाका ७० घर डुवानमा परेका छन् । उक्त जिल्लाको बर्दघाट नगरपालिका ३ लगुनाहाको विसई टोलमा बाढीको कारण घरभित्रको अन्नपात, खाद्यान्न, लत्ताकपडा, हास, कुखुरासमेत बगाएको स्थानीयले जानकारी दिएका छन् । बाढीको कारण के कत्ति क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेकोे इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । वडा नं. ६ मा विद्युतटोल, शिवालय टोल र बेताहानी गाउँ डुवानमा परेको छ । जसमा २५ घरपरिवार विस्थापित भएको बताइएको छ । त्यसैगरी वडा नं. ४, १०, र १३ मा समेत डुवान भएको छ । बर्षाको कारणले सरावल गाउँपालिकाको भुजहवा, रामपूर खडौना, मझौलिया, र बडसारी क्षेत्रमा बाढी पसेको छ ।

सुस्ता गाउँपालिकामा १ बरुवाबजार र आसपासको क्षेत्रमा बाढी पसेको छ । क्षतिको विवरण आउन बाँकी छ । यसैगरी उक्त जिल्लाकै प्रतापपुर गाउँपालिका ३ मा धनेवा खोलाको बाँध फुटेर बाढी बस्तीमा पस्दा एक सय भन्दा बढी घर डुवानमा परेका छन् । वर्षाका कारण धनेवा खोलामा पानीको सतह बढेर विहान १० बजे तिरको समयमा उत्तर पश्चिमको बाँध फुटेपछि अमहवा, नन्दपुर, धनेवा, बरगदवा लगायतका क्षेत्र डुवानमा परेको समाचार प्राप्त भएको छ । यस्तै वर्षाका कारण नवलपरासीका पहाडी मार्गहरु अवरुद्ध भएका छन् । पूर्वी नवलपरासीको कावासोती, दलदले, अरुणखोला, चोरमाराबाट पहाड जाने कृषिमार्गहरु अवरुद्ध भएका हुन् । त्यस्तै पूर्वी नवलपरासीको रहजरको बोटे टोलमा डुबानमा परेको छ ।

२०७५ असार १८ गते साँझ ६ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :