नेकपाका नेताकार्यकर्ता पुन: गिरफ्तार


इनरुवा : सुनसरी जिल्ला अदालत तारेखमा गएकी वीरता क्षेत्रीलाई असार १२ गते अदालत परिसरबाटै पक्राउ गरिएको छ । पक्राउ पछि जिल्ला प्रहरी कार्यलय इनरुवामा राखिएको क्षेत्री सम्वद्ध पार्टी नेपाल कम्युनिस्ट पार्टीका सु्नसरी इन्चार्ज प्रज्वलले बताएका छन् । उता जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग फोन सम्पर्क गर्दा सम्पर्क हुन् सकेन । २ वर्षकी छोरी रहेकी क्षेत्रीलाई यस अघि समेत पक्राउ गरिएको थियो ।

यतिखेर धरानको वडा प्रहरी कार्यलयमा रहेको हिरासतमा उर्लावारी मोरङ्का उदय राई र धनकुटाका ध्यानबहादुर राई समेत रहेका छन् । उदय राई सो पार्टीका मोरङ् जिल्ला सेक्रेटरी हुन भने धनकुटाका राई स्थानीय स्तरमा ट्याक्टर चलाएर जिविकोपार्जन गर्ने सर्वसाधारण भएको बुझिएको छ । उनलाई प्रहरी माथि ढुङ्गा प्रहार गरेको आरोपमा धनकुटाबाट पक्राउ गरी त्यहाँ ल्याएको. परिवार स्रोतले बताएको छ । उनलाई धनकुटाबाट पक्राउ गरी जेठ २५ गते धरान ल्याइएको थियो । उदय राईलाई भने बैशाख ९ गते धरानको चतरालाइनमा हिडिरहेको बेला पक्राउ गरी विराटनगर लगेको थियो । जेठ ४ गते मोरङ् अदालत परिसरबाट नै पक्राउ गरी पथरी हुँदै उदयपुर पु¥याइएको थियो ।

उदयपुर अदालतले समेत निर्दोष ठहर गरी रिहा गरेको राईलाई अदालत परिसरबाटै पक्राउ गरी असार ६ गते धरान ल्याएको छ । उनलाई उदयपुर अदालतमा पक्राउ गरेर धरानको भानु चोकमा होहल्ला गरेको मुद्धा लगाइएको सो पार्टी स्रोतको दाबी छ ।

२०७५ असार १८ गते सोमबार मध्यान्न १२ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :