देशभर अविरल वर्षा, विभिन्न स्थानमा डुवान र जल्मग्न

 

काठमाडौं : आइतबार रातिदेखि अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । नदीको पानी खतराको संकेतमा पुगेको छ । नेपालगंज, वीरगंजलगायतका तराईका धेरै ठाउँ डुबान र जल्मग्नमा परेका छन् । कर्णाली, बबई, राप्तीलगायतका साना–ठूला नदीमा पनि खतराका संकेत भन्दा माथि पुगेको छ । भारतले एक पक्षीय रुपमा बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेको नेपालगञ्जको न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक, बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँ डुबानमा परेका छन् । भारतले अन्तर्रा्ष्ट्रिय नियम मिचेर बनाएका कल्कलवा तटबन्ध र सीमा सडकले बाँकेका अधिकांश क्षेत्र डुबानमा पर्दै आएका छन् । तर, सरकार बाँध खुलाउनु भन्दा डुबानलाई हेरेर बसेको छ । बाँकेको डुडुवा, राप्ती सोनारी र नदी आसपासका नागरिकलाई अग्लो तथा सुरक्षित स्थानको खोजी गर्न जिल्ला प्रशासनले सूचना गरेको छ । त्यस्तै वीरगञ्जका श्रीपुर, पानीट्यांकी, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका छन् । वीरगञ्जको मुख्य बजार आदर्शनगर क्षेत्रसँगै जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्र, काठमाडौं जोरपाटीपनि जलमग्न भएका छन् ।
२०७५ असार १८ गते दिउँसो २ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :