संयुक्त विद्यार्थीद्वारा सडक कक्षा सञ्चालन सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)लगायत आठ विद्यार्थी संगठनले दोस्रो चरणको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार सडक कक्षा सञ्चालन कार्यक्रम सम्पन्न गरेका छन् । उक्त संगठनद्वारा शिक्षामा भएको व्यापारीकरण, माफियाकरणको अन्त्य र सार्वजनिक शिक्षाको स्तर उन्नतिको माग गर्दै काठमाडौंको प्रर्दशनि मार्गमा आइतबार बिहान सडक कक्षा सञ्चालन कार्यक्रम सम्पन्न गरिएको हो । व्यापक प्रहरीको हस्तक्षेपका बावजुद भएको उक्त कार्यक्रम सांकेतिक मात्रै भएको र यदि सरकार र सरोकारवाला गम्भीर नभए कडा आन्दोलन गर्न आफुहरू बाध्य हुने विद्यार्थी नेताहरूको भनाई थियो ।
आठ विद्यार्थी संगठनहरुले आज अर्थात असार १८ गते माइतीघर मण्डला र देशको सम्पूर्ण जिल्लाकोे सदरमुकाममा आँखाको पट्टी बाँधी सिट्टी जुलुस गर्ने भएको छ । त्यस्तै असार १९ गते मशाल जुलुस गर्ने र असार २०,२१ र २२ गते शैक्षिक आमहड्ताल सम्मको कार्यक्रम रहेको छ ।

२०७५ असार १८ गते सोमबार बिहान ११ : ४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :