नेकपाका नेता असारे काका सहित ३४ जना रिहा /द्वय नेता राई र बम सहित ७ जना हिरासतमै

काठमाडौंँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ सहित ३४ जना नेता तथा कार्यकर्ता रिहा भएका छन् भने सोही पार्टीका पोलिटब्युरो सदस्यद्धय पदम राई र भरत बम ‘रणवीर’सहित ७ जना नेताहरुलाई सार्वजनिक मुद्दा लगाइ म्याद थप गरिएको छ ।
राई र बम सहित नेकपा निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्यय, जनगणतान्त्रिक समाजका शिव राई, केदार राई, नरबहादुर पुन र नरोत्तम पाण्डेलाई अनुसन्धानका लागि भन्दै प्रहरीले ७ दिनको म्याद थप गरेर हिरासतमै राखेको हो ।
शनिबार काठमाडौँमा आयोजित ध्रुवीकरण कार्यक्रमबाट नेकपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरी दाहाल ‘असारे काका’, पोलिटब्युरो सदस्य, जनपरिषद् नेपालका उपप्रमुख एवम् पूर्वमन्त्री पदम राई, केन्द्रीय सदस्य मकर गुरुङ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव धीरेन्द्रा उपाध्याय, जनगणतान्त्रिक मञ्चका अध्यक्ष रत्न मगरलगायत ४१ नेतालाई एकैसाथ प्रहरीले गिरफ्तार गरेको थियो  भने अर्का पोलिटब्युरो सदस्य भरत बमलार्इ पनि शनिबारै सुन्धाराबाट प्रहरीले गिरफ्तार गरेकाे थियाे ।
२०७५ असार १७ गते आइतबार बेलुका ९ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :