अर्जेन्टिनामाथि फ्रान्सको पेनाल्टी गोल

काठमाडौं : रुसको मस्कोमा विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सको खेलसँगै नकआउट चरणका खेल सुरु भएका छन् । पौने आठबाट फ्रान्स र अर्जे्न्टिनाको खेल सुरु भएको हो । खेल सुरु भएको १२ औं मिनेटमा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टिनियो ग्रिजम्यानले उत्कृष्ट गोल गरेका हुन् । खेलको १३ औं मिनेटमा ग्रिजम्यानले गोल गरेसँगै अर्जेन्टिना १–० ले पछि परेको छ । अर्जेन्टिना एक बराबरी र एक जित एक खेलमा पराजित हुँदै नकआउट चरणमा पुगेको हो । फ्रान्सले भने समूह चरणमा दुई जित र एक बराबरी खेलेको थियो । फ्रान्स समूह विजेता हो भने अर्जेन्टिना समूह उपविजेता हो ।
२०७५ असार १६ गते शनिबार बेलुका ८ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :