नेकपाका पोलिट ब्युरो सदस्य भरत बम गिरफ्तार

काठमाडौं : नेपाल कम्यनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य भरत बम ‘रणवीर’लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शनिबार काठमाडौंमा आयोजीत एक कार्यक्रमबाट कोठातिर जादैै गर्दा सुन्धाराबाट प्रहरीले पक्राउ गरेको हो । नेकपा निकट जनगणतान्त्रिक सम्पर्क समाजद्वारा आयोजीत क्रान्तिकारी धु्रवीकरण कार्यक्रमबाट प्रहरीले पच्छ्याउदै सुन्धाराबाट नेता रणवीरलाई पक्राउ गरेको हो । केही समय अगाडि सोही पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ लगायत चार दर्जन भन्दा बढि नेकपाका नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार काठमाडौंमा आयोजीत एक कार्यक्रमबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले नेकपाका पोलिट ब्युरो सदस्य पदम राई ‘विकास’, केन्द्रीय सदस्य मकर गुरुङ, नेकपा निकट जनगणतान्त्रिक सम्पर्क समाजका केन्द्रीय अध्यक्ष रत्न मगर, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धिरेन्द्र उपाध्याय ‘भृकुटी’ लगायतलाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई प्रहरी चौकी बालाजुमा राखिएको छ । नेकपाको जनगणतान्त्रिक सम्पर्क समाजद्वारा आयोजीत क्रान्तिकारी धु्रवीकरण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरेको हो । यसरी खुल्ला तथा सार्वजनिक कार्यक्रममा समेत प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नाले संविधान प्रदत्त अधिकारको समेत उलङ्घन भएको छ ।

२०७५ असार १६ गते शनिबार साँझ ६ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :