ध्रुवीकरण कार्यक्रम हुँदै

 

काठमाडौं : तत्कालीन प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय स्तरको नेताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकरण हुने भएको छ । शनिबार काठमाडौंमा एक ध्रुवीकरण कार्यक्रममार्फत एलपी मगर र खेम प्रधानलगायत ३ सय जनालाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, पार्टीका पोलिट ब्युरो सदस्य पदम राई र जनगणतान्त्रिक सम्पर्क समाजका केन्द्रीय अध्यक्ष रत्न मगरले स्वागत गर्ने कार्यक्रम रहेको जनगणतान्त्रिक सम्पर्क समाजले जनाएको छ । कार्यक्रमको आयोजना भने जनगणतान्त्रिक सम्पर्क समाजले गरेको छ ।
२०७५ असार १५ गते शुक्रबार साँझ ६ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :