जिल्ला जनपरिसद् झापाको सुचना

काठमाडौं : जिल्ला जनपरिसद झापाले एक सुचना शुक्रबार  जारी गरेको छ । झापाका सबै नगरपालिका र गाउँपालिकाहरुका चोक चोक र जनताहरुका घर घरमा सुचना पुर्याइएको जिल्ला जनपरिसद् झापाले जनाएको छ । समाजमा बसेर रास्ट्रघात, जनघात, भ्रषटाचार , तस्करी, कालोबजारी, मानवतस्करी गर्नेहरुको सुचना जनपरिसद्को कार्यालयमा दिन भनिएको छ । उक्त सुचनामा सम्पर्क नम्बर समेत उल्लेख गरिएको छ । गाउँ समाजमा रहेका खराब कामहरु जनपरिसद्को कार्र्यालयमा सहजरुपमा आउने र खराब काम गर्नेहरुलाई कारबाही गर्न सजिलो हुने झापाका जनपरिसद प्रमुख सुमनसिंह पौडेलले बताएका छन् ।
२०७५ असार १५ गते शुक्रबार अपरान्ह ४ :  ०७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :