नेपाली पदाधिकारीलाई विवादास्पद सीमास्तम्भ उपहार

सुदर्शन पाण्डे / वीरगन्ज : पर्सा जिल्ला वीरगन्ज महानगरपालिका आसपासको क्षेत्रमा रहेको नेपाल–भारत सीमा विवादका क्रममा गाडिएको नेपाल–भारत सीमास्तम्भ ३९४ को प्रतीक भारतीय पक्षले उपहारका रूपमा नेपालका पदाधिकारीलाई प्रदान गरेको पाइएको छ ।

१३ जनवरी २०१८ मा बिहार राज्य मोतीहारी जिल्ला पश्चिम चम्पारणमा सम्पन्न फस्र्ट इन्डियन नेपाल मिटिङमा नेपालका बारा र पर्सा जिल्लाबाट गएका सुरक्षा पदाधिकारीहरुलाई एकएकवटा सीमास्तम्भ ३९४ को प्रतीक उपहारस्वरुप भारतीय पदाधिकारीहरुले प्रदान गरेका थिए । उक्त सीमास्तम्भ राष्ट्रिय अनुसन्धान कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय बारामा रहेको छ । विवादास्पद रुपमा सीमास्तम्भ ३९४ को प्रतीक भारतीय सीमा सुरक्षा पदाधिकारीहरुले कस्तो नियत राखेर किन उपहारस्वरुप दिए ? नेपाली पदाधिकारीहरुले विवादास्पद सीमास्तम्भको प्रतीक उपहारका रुपमा किन स्वीकारे ? यो विषय राष्ट्रियताका हिसाबले गम्भीर र संवेदनशील छ ।
२०७५ असार १४ गते बिहीबार  अपरान्ह ५ :५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :